बाँके, बर्दियामा धेरै घरेलु हिंसाका घटनाः प्रहरी र अधिकारकर्मीलाई सहमति गराउनै सकस

Nov 20, 2019

 नेपालगंज,मंसिर ०४

‘सहमतिमै बिवाह भयो । जसरी भयो, त्यसैगरी दैनिकी चलिरहेकै थियो, तर एक दिन श्रीमतिले दिदीको घर जाने निर्णाय गरिन, र गइन पनि । दिदी सँगको भेटघाट, रमाईलो घर फर्कदा सम्म रहन सकेन । अनेक थरी आरोप सहित घर झगडा शुरु भयो । अन्त्यमा त्यो झगडा प्रहरी र अधिकारकर्मी सम्म पुग्यो ।’

यो थियो, एउटा वास्तविक घटनाको अंश । श्रीमतिलाई मनायो, श्रीमान बाङगीने, श्रीमानलाई मनायो श्रीमति बाङगीने, दुबैलाई मनायो घर–परिवार आफन्त बाङगीने । हिजो आज प्रहरी र अधिकारकर्मीलाई घर झगडा मिलाउने भन्ने कुरा एउटा टाउको दुखाईको बिषय बनीरहेको छ ।

प्रहरी र अधिकारकर्मीलाई पिडित र पीडक बीच सहमति गराउनै सकस हुन्छ । खासगरी श्रीमान श्रीमति बीच भएको सानो–सानो असमझदारी र एकले अर्काको सम्मान, मर्यादालाई बुझन नसकेकै कारण पनि घर झगडा दैनिक जसो बढीरहेका छन ।

श्रीमानले मदिरा सेवन गरी श्रीमति कुट्ने, श्रीमतिले श्रीमानलाई विश्वास नगरी आशंक गर्ने, बुहारी माथी घर परिवारको मानसिक यातना, श्रीमानले दोस्रो बिहे गरी जेठीलाई बेवास्ता गर्ने, डर धम्की दिने जस्ता धेरै घटना छन । जो तथ्यांकगत रुपमा हेर्ने हो भने पनि प्रत्येक बर्ष बाँके, बर्दियामा घरेलु हिंसा सम्बन्धी घटनामा ह्वातै घटेको भन्दा बढेको नै देखिन्छ ।

चालु आर्थिक बर्षको कार्तिक अन्तिम साता सम्म दुई जिल्लाको प्रहरी सम्म २ सय २३ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेका छन । जस मध्ये बाँकेका १ सय ७७ वटा उजुरी हुन भने बर्दियाका ४६ वटा उजुरी हुन । जिल्ला प्रहरी कार्यालयहरुको त्रिवर्षिय घरेलु हिंसा सम्बन्धी तथ्याकंलाई हेर्ने हो भने बर्दिया जिल्लामा भन्दा बाँकेमा परेका उजुरीको संख्या धेरै छ ।

केही प्रहरी अधिकारीको भनाई अनुसार अहिले स्थानिय तहमा भएका न्यायिक समितिहरुले पनि काम गरिरहेका छन । प्रहरी सम्म पुगेका कतिपय उजुरीलाई तिनै न्यायिक समितिमा पनि पठाउने गरिएको छ ।

घरेलु हिंसा सम्बन्धीको उजुरी जिल्ला प्रहरी कार्यालय बाँके, महिला तथा बालबालिका सेवा केन्द्र सगैं इलाका प्रहरी कार्यालय धनौली खजुरा, इलाका प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय भगवानपुर (राप्तीपारी) मा दर्ता गर्ने ब्यवस्था छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया, इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढी, इलाका प्रहरी कार्यालय बाँनियाभार, इलाका प्रहरी कार्यालय मैनापोखर बढैयाताल, इलाका प्रहरी कार्यालय ढोढरी, इलाका प्रहरी कार्यालय पाताभार र इलाका प्रहरी कार्यालय राजापुरमा घरेलु हिंसा सम्बन्धीको उजुरी दर्ता गर्ने ब्यवस्था गरिएको छ ।

उजुरी दर्ता गरेका कति जना त सम्र्पकमै नआई हराउने गरेको पाईएको छ । घरेलु हिंसाबाट शुरु भएको बिषय अन्तिममा जघन्य अपराध सम्म पुग्ने गर्छ । प्राप्त तथ्यांक विवरण अनुसार बाँके, बर्दियामा चालु आर्थिक बर्ष २०७६-०७७ को कार्तिक अन्तिम साता सम्म जबर जस्ती करणीका २३, जबर जस्ती करणी उद्योगका ९, बहुबिवाहका ६, कर्तब्य ज्यानका २, आत्महत्याका ४, अपहरणका ३ वटा उजुरी प्रहरी समक्ष पुगेका छन ।

विगतका आर्थिक बर्षका उजुरी संख्यालाई हेर्ने हो भने, दुबै जिल्लामा आत्महत्या, जबर जस्ती करणी र जबर जस्ती करणी उद्योग अन्र्तगतका घटना धेरै देखिन्छन । त्यसपछि मानव बेचविखन, बहुविवाह लगायतका घटनाहरु छन ।

बाँकेका महिला अधिकारकर्मी सपना भट्टराई भन्नुहुन्छ, ‘हामीमा सहअस्तित्वको स्विकार्यता भएन, प्रविधिको दुरुपयोग भयो, अन्तरपुस्ता सम्बाद र अभिभावकत्वको कमी छ, जसले गर्दा घरेलु हिंसा र अपराधलाई बढावा दिई राखेको छ ।’

केही अपबादका घटना बाहेक साँच्ची पिडित महिलाको सहनशिल क्षमता सकिएको अन्तिम अवस्थामा मात्रै प्रहरी, अधिकारकर्मी सम्म पुग्ने तर त्यही घटनालाई मिलापत्र गर्न खोजिए त्यसपछि मात्र टाउको दुखाईएको बिषय बन्ने तर्क उहाँको छ ।

प्रहरी र अधिकारकर्मी सम्म पुग्ने वातावरण सिर्जना नगर्न घरपरिवार आफन्त बाटै साहयता तथा परामर्श हुनु पर्ने उहाँको भनाई छ । स्थानिय तहमा रहेका न्यायिक समितिहरुमा पनि घरेलु हिंसा सम्बन्धीका उजुरीहरु पर्न थालेका छन ।

न्यायिक समितिले हेर्न नसक्ने उजुरीहरु आवाश्यक परामर्श पछि फेरी प्रहरी कहाँ नै पठाउने गरिएको बाँकेको कोहलपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक सन्जु कुमारी चौधरीले जानकारी दिनुभयो । कानुन त घरेलु हिंसा तथा अपराध गर्नु, गराउन उत्प्रेरणा दिनु दण्डनिय छ । 

-तथ्यांक यस्तो छ । हेर्नुहोस ।