स्थानीय निकायसँग समन्वय गर्दै सामाजिक कार्यमा युवाकाे सहभागिता बढ्दै

Oct 12, 2020

असोज २६ गते
बर्दियाको बाँसगढी नगरपालिकाका युवाहरु यतिबेला जनचेतनामुलक कार्यक्रममा लागि परेका छन् । नगर भित्रका वडाहरुमा लागुपर्दाथ दुब्र्यवसनी, महिला हिंसाको अन्त्य र आत्माहत्यको बिषयमा इलाका प्रहरी कार्यालय बाँसगढी संग समन्वय गरेर युवाहरुले गाँउ समुदायमै गएर जनचेतनामुलक कार्यक्रम गर्न लागेका हुन । कोभिड १९को कारण लामो समयसम्म बन्दबन्दी भएपछि गरिव, बिपन्न तथा मध्यमबर्गिय परिवारहरुको जनजिनमा यतिबेला एकदमै प्रभाव परेको छ । यो अवस्थामा गरिवी तथा आर्थिक कमीकै कारण घरपरिवारमा झै झगडा हुने, लागुपर्दाथ सेवन गर्ने जस्ता कारणले गर्दा महिला तथा बालबालिकाहरु मानषिक तथा शारिरीक रुपमा धेरै पिडित भएका छन् । गरिवीका चपेटामा परेका पिडितहरुको समस्यालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय बाँसगढीको बिशेष अभियान र बाँसगढी युवा सरोकार समितिको समन्वयमा नगरभित्रका वडा÷वडमा कार्यक्रम सुरु भएको छ । असोज १६ गते देखि शुरु भएको जनचेतनामुलक कार्यक्रम प्रत्येक वडाको टोल टोलमा गर्ने इलाका प्रहरी कार्यालय प्रमुख बाँसगढीका प्रहरीनिरिक्षक बिरेन्द्र सिंह थापाले बताउनु भयो ।

सोही कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक दुरी कायम गराउने र गाँउबासीलाई भेला गराउने, कार्यक्रम संन्चालन गर्ने जस्ता समन्वयकारी भुमिका युवाहरु पनि खेलिरहेका छन् । बाँसगढी नगरपालिका भित्र युवा संन्जाल बाँसगढी, युवा सरोकार समिति बाँसगढी र बाँसगढी युवा मंन्च बर्दिया गरी छुट्टाछुट्टै ३ वटा युवाहरुको संन्जाल बनेको छ । यि तीनै वटा संन्जालहरुले अहिले कोभिड १९को बेलामा स्थानीय सरकारलाई सहयोग पुग्ने खालका धेरै राम्रा कार्यक्रमहरु गर्दै आएका छन् । जव कोरोनाका कारण लकडाउन शुरुभयो तव स्वदेश तथा बिदेशमै कामाउन गएका नागरीकहरु बिभिन्न ठाँउबाट ५०औँ १०० औँ किलोमिटर पैदल भोकभोकै हिडेर आउने गरेका थिए ।

त्यतिबेला उहाँहरुलाई युवा संन्जाल बाँसगढी र युवा सरोकार समिति बाँसगढी आँफैले खाजा, नास्ता र पानीको ब्यवस्था गरी पिडित नागरीकहरुलाई सहयोग गरेको युवा संन्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले बताउनु भयो । साथै सम्पुर्ण नागरीकहरुलाई कोरोनाबाट सचेत गराउनको लागि रेडियोबाट जिङगल प्रशारण, बाँसगढी नगरभित्रका बजारहरुको चोक चोकमा मास्क बैंक संन्चालन गरी कोरोना भाइरसको बारेमा सचेत गराउदै मास्क नलगाएर हिड्ने लाई निशुल्क मास्क बितरण समेत गर्ने गरेको युवा संन्जालका अध्यक्ष अधिकारीले बताउनु भयो ।

तर बन्दबन्दी अझै नखुलेपछि गाँउ समुदायमा गरीव बिपन्न परिवारहरु जो मज्दुरी गरेर घरपरिवार चलाईरहेका छन् त्यस्तालाई युवा संन्जाल बाँसगढी र बाँसगढी युवा मंन्च बर्दियाका युवाहरुले दैनिक खाद्यन्नाका समानको पोका बनाई प्रत्येक वडा÷वडामा राहत बितरण समेत गर्ने गरेको युवा मंन्च बर्दियाका अध्यक्ष मदन भण्डारीले बताउनु भयो । युवाहरुको यस्तो किसीमको कार्यले नगरलाई धेरै सहयोग पुगेको राहत बितरण कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बताउनु भएको थियो । अहिले बाँसगढी नगरपालिकामा नगर स्तरको ३ वटा युवाहरुको समुह रहेको छ । यि मध्य युवा संन्जाल बाँसगढी र युवा मंन्च बर्दिया जिल्ला प्रशासण कार्यालय बर्दियामा दर्ता भैसको छन् । भने युवा सरोकार समिति बाँसगढी दर्ता गर्ने तयारीमा रहेको युवा सरोकार समितिका संयोजक रेशम अधिकारीले बताउनु भएको छ ।