बसन्तुर रेडियो श्रोता समुहद्धारा निशुल्क औषधीहरुको सुचि टाँस गर्न माग

बसन्तपुर रेडियो श्रोता समुहले मनहरी गाउपालिका वडा नम्वर ५ बसन्तपुरमा रहेको बसन्तपुर स्वास्थ्य एकाईमा स्वास्थ्य एकाईबाट प्रदान गरिने निशुल्क औषधीको सुचि प्रकाशन गराउन ध्यानाकर्षण पत्र बुझाएकोे छ ।

मनहरी गाउपालिका वडा नम्वर ५ बसन्तपुरमा बसन्तपुर स्वास्थ्य एकाईबाट नेपाल सरकारको नियम अनुसार निशुल्क औषधीहरु प्रवाह भैरहेका छन् । विद्यालय नजिकै रहेको सामुदायिक एकाईमा स्थानिय तथा विद्यार्थीहरु पनि सेवा लिईरहेका छन् । स्वास्थ्य एकाई नजिक हुदा धेरै सुविधा पनि भएको छ । स्वास्थ्य एकाईमा पाउने औषधी वितरण भईरहे पनि औषधी सुचि टास गरिएको थिएन । कतिपयलाई स्वास्थ्य एकाईमा कति प्रकारको औषधी वितरण हुन्छ भन्नेबारे पनि थाहा छैन । त्यसैले हामी रेडियो श्रोता समुहले सबै स्थानियलाई थाहा होस सुविधा होस भन्ने मुख्य उदेश्यले ध्यानाकर्षण पत्र पेश गरेका हौ भन्नुहुन्छ समुहकि सहजकर्ता सस्मी घलान ।

बसन्तपुर रेडियो श्रोता समुहका सदस्यहरुले औषधीको विस्तृत विवरणसहितको सुचि टाँस गर्न मागसहितको ध्यानाकर्षण पत्र प्रस्तुत गरेका ट्टै नै स्वास्थ्य एकाईको व्यवस्थापक समितिको बैठक बसेर सुचि टाँस गर्ने प्रमुख मनोज विष्टले बताउनुभथिए । ध्यानाकर्षण पत्र बसन्तपुर स्वास्थ्य एकाईको कार्यालय प्रमुख मनोज विष्टलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य एकाईमा औषधीको विवरणसहितको सुचि टाँसको लागि बजेट पनि छ र छियो । साथै स्वास्थ्य संस्थाकै राम्रोको लागि सोचिदिएकोमा रेडियो श्रोता समुहलाई धन्यवाद पनि व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य ंएकाईबाट प्रवाह हुने औषधीको सुचि प्रकाशनमा ध्यानाकर्षण गराउने कार्य श्रोता समुहको नियमित बैठकमा निर्णय गरेका थिए । ध्यानाकर्षण पत्र बुझाउने विषयको लागि भाद्र ७ गते बैठक बसि छलफल गरि भाद्र ९ गते ध्यानाकर्षण पत्र बसन्तपुर स्वास्थ्य एकाईमा बुझाएका हुन ।