प्रदेश नं. ५ का युवाहरुबिच प्रश्न सोधौ, जवाफदेहीता खोजौ अभियानबारे छलफल

Jan 11, 2020

रजनी योगी
पौष २६,बाँके
बाँकेको नेपालगन्जमा शनिबार प्रदेश नं. ५ का युवाहरूकाबिच प्रश्न साेधाैं जवाफदियता खाेजाैं  (एस एम भि) क्याम्पियन गरिएको छ। करिब एक सय भन्दा बढी युवाहरु बिच क्याम्पियन गरिएको छ । ईक्वेल एक्सेस, बाँकेका सिनियर मिडिया आउटरिच अफिसर आशिष बर्मा र आउटरिच एसोसिएट भिम बहादुर सार्किले ईक्वेल एक्सेस ईन्टरनेशनल के हो र यस्ले के काम गर्छ र कुन कुन ठाँउमा कहिले देखि कस्तो काम गर्दै आएको छ भन्ने कुराको जानकारी गराउनु भएको थियो। पारस्परिक जवाफदेहीता परियोजना अन्तर्गत मेरो पलिका, मेरो चासो, प्रश्न सोधौ, जवाफदेहीता खोजौ अभियानको बारेमा जानकारी गराउदै आफुले आफ्नो स्थानिय तहबाट पाउने सेवा सुबिधा थाहा पाउनका लागि हामीले स्थानिय तहका जिम्मेवारी व्यक्तिलाई प्रश्न सोध्ने र जवाफ लिनुमा युवाको अग्रसर हुनुपर्नेमा जोड दिईएको थियो।

प्रश्न सोधौ, जवाफदेहीता खोजौ अभियानमा  अाम नागरिकले जोडीन के गर्नु पर्छ भन्ने कुराको जानकारी गराईएको थियो । ईक्वेल एक्सेस ईन्टरनेशनलले गर्ने सम्पुर्ण कामको जानकारी गराईसकेपछी केहि प्रश्नका साथमा प्रश्न उत्नर कार्यक्रम गराईएको थियो जसमा सबै प्रदेशका १५ जना विजयी भएका थिए। विजयी सबैलाई पुरस्कारको रुपमा एउटा एउटा ईक्वेल एक्सेसको टिसर्ट दिईएको थियो।