बर्दियामा संबिधान दिवस सम्बन्धी भर्चुल अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Sep 19, 2020

 
बर्दियामा संबिधान दिवस सम्बन्धी भर्चुल अन्र्तक्रिया कार्यक्रम आज गरीएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द नेपालगंज र बढैयाताल गाउँपालिकाको सहकार्य र समन्वयमा कार्यक्रम गरीएको हो । बिशेषगरी नेपालको संबिधान २०७२ को कार्यान्वयनको बर्तमान स्थिती, स्थानिय तहमा संबिधानको कार्यान्वयनमा सरोकारवालाहरु, नागरिक सामाज संस्थाहरुको भूमिकामा जागरुकता बढाउने र संबिधानको प्रभाबकारी कार्यान्वयनका लागी सबै सरोकारवालाहरुबिच समझदारी निर्माण गर्ने उद्देश्यले भर्चुल अन्र्तक्रिया कार्यक्रम गरीएको हो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको संबिधान २०७२ आएको ५ बर्ष बित्यो तर कार्यान्वयनको स्थीती अत्यन्तै कमजोर रहेको बताएका छन् । साथै संबिधानप्रति नागरिकको अपनत्वको महसुस नभएको र खाद्य अधिकार, शिक्षा अधिकार संरक्षण गर्नमा सरकार असफल भएकोले यस्ता अति आवश्यक कुरामा नागरिकको पहुच भएमात्र संबिधानप्रति आम जनसमुदायको माया हुने बताएका थिए ।


संबिधानबिद बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले नेपालको संबिधान २०७२ को कार्यान्वयनको स्थीती अत्यन्तै कमजोर रहेकोले यसलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्नका लागी ३ तहको सरकारका बिच अत्यन्तै राम्रो समन्वय, सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उहांले संबिधानमा उल्लेखित मौलिक हकहरुको कार्यान्वयन राम्रो नभएकोले राज्यका सबै निकायमा समाबेशी, पारदर्शीता, उत्तरदायित्व कायम गरी यो संबिधानलाई सबैले अपनत्व हुने गरी कार्यान्वयनको तहमा पुरयाउनु पर्ने बताउनु भएको थियो । सरकारले आवश्यक कानुन छिटो भन्दा छिटो बनाई संबिधानका सबै मौलिक हकहरुलाई एकदमै क्रियाशिल रुपमा कार्यान्वयन गरी नागरिकका अधिकारहरुको संरक्षण गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताउनु भएको थियो ।

त्यस्तै बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले संबिधानमा संरक्षित नागरिकका मौलिक हकहरु र अधिकारहरुको संरक्षणलाई सबै तहका सरकारहरुले मुख्य प्राथमिकता दिदै नागरिकलाई संबिधान प्रति आपनात्वको महसुस गराउनु अति आवश्यक रहेको बताउनु भएको थियो । भर्चुल अन्र्तक्रिया कार्यक्रम नागरिक समाज बढैयातालका संयोजक बालकृष्ण लामिछाने , साजसेवी हरि बहादुर घर्ती, राजनितीकर्मी नेत्र सापकोटा, महिला अधिकारकर्मी मिना थापा, शारदा बहुमुखी क्याम्पस मैनापोखरका अध्यक्ष तथा अधिकारकर्मी प्रेम त्रिपाठी, महिला तथा दलित अधिकारकर्मी सुकमाया सुनार, अधिकारकर्मी तथा समाजसेवी बिर बहादुर थारु लगायत सहभागिहरुले भर्चुल अन्र्तक्रियामा आ आफ्नो भनाईहरु राखेको थिए ।