विजयनगरमा कोभिड विरुद्ध नमूना काम: यसवर्ष ९५ प्रतिशत बजेट खर्च

May 30, 2021

विकास थापा

कपिलवस्तु, जेठ १६ 

कपिलवस्तुको विजयननगर गाउँपालिकाले १८ बेडको अक्सिजन सहितको आइसोलेसन केन्द्र निर्माण गरेको छ । सबै वडामा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र स्वयंसेवीकाको टोली बनाई घरमै पुगी चेकजाँच तथा उपचार गर्दैआएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपाकिाका प्रमुख उपप्रमुख चढ्ने गाडीसमेत संक्रमितलाई बोक्नका लागि प्रयोग हुँदै आएको गाउँपालिका अध्यक्ष गोपाल बहादु थापाले बताउनुभएको छ । पहिलो लहरको बेला कोरोना रोकथाम र नियन्त्रणको लागि लुम्बिनी प्रदेशमै उत्कृष्ट काम गरेको प्रदेशले जनाएको छ ।

२०७८/७९ को बजेट निर्माण र योजना छनौट सुरु
गाउँपालिकामा सबै वर्गको प्रतिनिधित्वमा गठन गरिएको सञ्जालको माध्यमबाट रायसुझाव सकंलन तिव्रताका साथ अघि बढाउने तयारी छ । यस वर्ष ९५ प्रतिशत बजेट खर्च हुने आकंलन गरिएको छ । कोभिड प्रभावितका लागि कृषिमा विशेष अनुदान कार्यक्रम सञ्चालन भएको, विभिन्न क्षेत्रमा भैंसी श्रोत केन्द्र, तरकारीको पकेट क्षेत्र, माछा, बङगुर, बाख्रा पकेट क्षेत्र छुट्याएर काम भइरहेको पालिका अध्यक्षले जानकारी दिनुभयो । यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी अनुपात अनुसार शिक्षकहरुको व्यवस्था लागि ५६ जना शिक्षकलाई गाउँपालिकाको आर्थिक श्रोतमा स्वयंसेवक शिक्षक भर्ना गरिएको छ । गाउँपालिका रहेका गरिब विपन्न, अशक्त र विभिन्न समस्यामा पर्दैआएका महिलाहरुका लागि कोष नै खडा गरिएको छ ।