कोभिडकाे महामारीसँगै बढ्यो बाण गंगाको बजेटः कृषि मूख्य प्राथमिकतामा

Jun 25, 2020

बिकाश थापाकपिलवस्तु १० असार । 

कोभिड –१९ का कारण सबै क्षेत्र तहस नहस भएका बेला कपिलवस्तु वाणगंगा नगरपालिकाको भने बजेट बढेको छ । आगामी वर्षमा ठुला र महत्वकांक्षी योजना बन्ने भएका छन । नगरको सातौ नगरसभाको वैठकमा उपमेयर प्रमुख चक्रपाणी अर्यालले एक अर्ब १८ करोड ३५ लाख ६५ हजार ४ सय ३० रुपैयाको बजेट सार्वजनिक गर्नु भएको हो । यो वजेट चालु आर्थिक वर्षको भन्दा करिव ६ करोड वढि रहेको छ । गत वर्ष नगरले १२ करोड ४६ लाख रकम ल्याएको थियो ।

Image may contain: 1 person, standing and indoorअहिलेको वजेटमा जसमा चालु खर्च तर्फ ७३ करोड ९५ लाख ५७ हजार ४ सय ३० रुपैया र पुँजिगत तर्फ ४४ करोड ४० लाख ८ हजार बजेट बिनियोजन गरिएको छ । जसमा प्रशासनिक खर्चका लागि १३ करोड २३ लाख ६४ हजार ४ सय ३०, सामाजिक सुरक्षा तर्फ १८ करोड, आर्थिक बिकास तर्फ ८७ करोड ५२ लाख, सामाजिक बिकास तर्फ ५६ करोेड ४० लाख, पूर्बाधार बिकास लागि २८ करोड ५२ लाख, बाताबरण तथा बिपद ब्यवस्थापन तर्फ ७५ लाख रकम विनीयोजन गरिएको छ । वाणगंगा नगरपालीकाले कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिदै आर्थिक वर्ष २०७७र७८ को वजेट ल्याएको छ । यस अघिका ३ वटा बजेटमा कार्यान्वय हुन नसकेका जीतपुर ४ नम्वरमा आकासे पुल , समग्र लुम्विनीको पर्यटनकालागि आधुनिक सुविधा युक्त बसपार्क, फोहोर प्रशोधन सहितको डम्पीङ्गसाइट र समग्र वाणगंगा समेट्ने चक्रपथ आगामी वर्षका ठूला महत्वकांक्षी योजना हुन् । नगरले संस्थागत बिकास तथा मानब संसाधन तर्फ १३ करोड ६१ लाख र वडागत ११ करोड रकम बिनियोजना गरिएको हो । नगरको बजेटले कृषिलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रको बिकास एबम उत्पादकत्व बृद्धि गर्न सिचाँई कार्यक्रमका लागि ५५ लाख र मागमा आधारित ब्यवसायिक कृषि कार्यक्रम सञ्चालनका लागि ४० लाख ५० हजार रकम छुट्याएको छ । यस्तै धान उत्पादन प्रबद्र्धन कार्यक्रमका लागि ५० लाख, कोभिड १९ वाट प्रभावित भई गाउँ फर्किएका लाई कृषि क्षेत्रमा आकर्षित गरि कृषि मार्फत उत्पादन वढाउन उपलव्ध गराई सामाग्रीमा अनुदानमा ३७ लाख ५० हजार रकम सहित कृषि क्षेत्रमा नयाँ कायक्रमको नीति अबलम्बन गर्दै लाखौ बजेट विनीयोजना गरिएको छ ।