वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी प्रशिक्षण

Feb 10, 2019

दोलखा, माघ २७

दोलखाको कालिञ्चोक गाउँपालिकामा वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियासम्बन्धी तिन दिने प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।


स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिममा गाउँपालिकाका प्रमुख विनकुमार थामी, उपाध्यक्ष कालिका पाठक, वडा अध्यक्षहरु, गाउँकार्यपालि सदस्यहरु र गाउँपालिकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरु करिब ३० जनाको सहभागिता रहेको थियो ।

तालिममा बजेट सिमा निर्धारण, स्वीकृत योजना कार्यान्वयन तथा अनुगमन र मुल्यांकन प्रक्रिया अवलम्बन गर्ने, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने अन्तरसम्बन्धित विषयहरुका बारेमा व्याख्या, योजना तर्जुमाका चरणहरु लगाएतका बिषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

गाउँपालिकाको वार्षिक योजना तथा बजेट तर्जुमा गर्ने प्रक्रिया अन्र्तगत गाउँपालिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ । तालिम गाउँपालिकाको वडा नम्बर ८ सुनखानीमा २२ गते बाट सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका उपप्रमुख कालिका पाठकले आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि प्रतिष्ठानलाई स्थानीय विकासमा क्षमता विकासका कार्यक्रमहरु समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।