जेब्रा क्रसिङ्गको बनाउन नगरपालिकालाइ अनुरोध पत्र

ममता भट्ट

जेठ ५, डडेल्धुरा

सडकमा जेब्रा क्रसिङ्गको आवश्यकता औल्याउदै अमरगढी रेडियो स्रोता समुहले अमरगढी नगरपालिकालाइ अनुरोध पत्र बुझाएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुको केन्द्रविन्दुमा अवस्थित डडेल्धुराको अमरगढी नगरपालिकालाइ पहाडी जिल्लामा जेब्रा क्रसिङ्ग नहुँदा सवारी दुर्घटना बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै अनुरोधपत्र बुझाइएको हो ।

‘नेपालमा दिनानु दिन सडक दुर्घटना भई ज्यानजानेको संख्या बिभिन्न संञ्चार माध्यम तथा रेडियो, पत्रपत्रिकामा खबर सम्प्रेषण भइरहेकाछन । उक्त समस्या बाट डडेल्धुरा जिल्ला पनि अछुतो रहन सक्दैन ।
यस्ता घटनाहरु विभिन्न कारणले घट्ने गर्दछन । जसमध्ये साघुरो सडक, नागरिकमा ट्राफिक नियम सम्बन्धि चेतानको अभाव, पुराना सवारी साधन र चालकको लापरवाहि जस्ता विभिन्न कारण्हरु रहि आएकाछन ।’ अनुरोधपत्रमा उल्लेख छ ।

यस्ता घटना कम गर्नको लागि हाम्रो स्थानीय सरकारहरुले प्रत्येक बजार क्षेत्रमा जेब्रा क्रसिङ्ग निर्माण गरि दुर्घटनाको दरमा कमी ल्याउनको लागि तथा सिघ्र कार्यान्वयनमा ल्याउनको लागि यो ध्यानाअर्षण पत्र पेश गरेकाछौं । स्रोता समुहका संयोजक तथा स्रोता समुहले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


अमरगढी नगरपालिका उपप्रमुख संगिता भण्डारीले अनुरोध पत्र बुझ्दै सम्बोधन गर्नको लागि पहल गरिने बताउनुभयाे । उपप्रमुख भण्डारीले समसामयीक बिषयमा ध्यानाकर्षण गराएकोमा धन्यावादसमेत व्यक्त गर्नुभयाे । 

यूएसएआईडीको आर्थिक सहयोगमा एफएचआई ३६०, र ईक्वेल एक्सेसद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले उत्पादन गरेको रेडियो कार्यक्रम साझावोली सुन्ने र सुने अनुसार छलफल गर्दै समाजमा भएका शिक्षा, स्वास्थ्य कृषि, विपद् जोखिम व्यवस्थापन र सुशासन, जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यकासाथ अमरगढि रेडयो स्रोता समुह गठन भएको हो । सोही अनुसार उक्त समुह समाजलाई सकरात्मक र विकासोउन्मुख बनाउन पहल गर्दै आएको संजिबनी नेपाल डडेल्धुराका कोडिनेटर मन्जु भण्डारील बताउनुभयाे ।