नागरिक समाज र आम सञ्चारबिच सहकार्य आवश्यक रहेकाे निश्कर्ष

डडेल्धुरा, मङसिर ४ 


विकास र समृद्धिका लागि नागरिक समाज र आम सञ्चारबिचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरूले बताएका छन ।


पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत संजिबनी नेपालले आयोजना गरेको नागरिक समाज र सञ्चारजगतबिच सहकार्य विषयक जिल्लास्तरीय अन्तरसंम्बाद कार्याक्रमका सहभागीहरूले नागरिक समाजका संस्थाहरू र स्थानीय सरकारका कामका बारेमा सञ्चारमाध्यमले अध्ययन गरेर खोजमुलक समाचार सम्प्रेषण गर्न सहभागीहरूले आग्रह गरेका छन ।


नागरिक समाजका संस्थाहरूका काम र उनीहरूले परियोजना छनौट गर्दाका प्रकृयादेखि नै सञ्चारमाध्यमको खबरदारी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष मानबहादुर साँउदले बताउनु भयो ।


नागरीक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशिले स्थानीय सरकारसँग नागरिक समाजका संस्थाहरूको समन्वय प्रभावकारी नभएकाले सामाजिक विकासको गति मन्द भएको बताउनु भयो । उनले स्थानीय सरकार र नागरिक समाजका संस्थाहरूको सहकार्य र विकासका एजेण्डालाई उठाउनु पर्ने बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घका प्रदेश सचिब टेक राज पाण्डेले नागरिक समाजका संस्थाहरूले सञ्चालन गरेका धेरैजसो कार्यक्रम प्रभावकारी भएको बताएउनु भयो । पाण्डेले स्थानीय तहका कामसमेत सन्तोषजनक नभएको गुनासो आईरहेको बताउनु भयो ।


उक्त अन्तरसंम्बाद कार्यक्रम यु एस ए आईडिको आर्थिक सहयोग FHI360 काे प्राबिधीक सहयोग र संजिबनी नेपालको आयोजनामा संम्पन्न भएको हो ।