बैतडीमा पिसिआर मेसिन भित्रिदैं

Aug 4, 2020

विनोद सिंह विष्ट–बैतडी, २० साउन -
जिल्ला अस्पताल बैतडीमा जडान हुने पिसिआर मेसिन एकदुई दिनभित्रै आइपुग्ने भएको छ । प्रदेश सरकारले खरिद गरेको उक्त मेसिन भोलीसम्म आइपुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनभुयो ।
मेसिन पठाइदिन प्रदेश स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरिसकिएकोले भोलीसम्म मेसिन आइपुग्ने उहाँले बताउनुभयो । बैतडी प्रयोगशालाका लागि किनिएको उक्त मेसिन धनगढीमा रहेको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको गत चैत १५ गतेको बैठकको बैतडीसहित डोटी र धनगढीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेशसरकारले तिनवटै स्थानका लागि मेसिन किनेको हो ।
बैतडीका हाल प्रयोगशाला स्थापनाको लागि भौतिक संरचनाको काम ६० प्रतिशत बढी भएको जनाईएको छ । मेसिन आइसकेपश्चात जडान गरिने भदौ दोस्रो हप्तादेखि कोरोना परिक्षणको काम थालिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जोशीले बताउनुभयो । हाल कोरोना परिक्षणका लागि डडेल्धुरा तथा धनगढी प्रयोगशाला पठाइदै आएको छ ।