रसुवागढीबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक

Mar 21, 2019

रसुवा – रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्री आयातमा रोक लगाइएको छ। बिरुवा स्वस्थताको प्रमाणपत्र (फाइटोस्यानेटरी सर्टिफिकेट) बिना ल्याइएका सामग्री आयातमा रोक लगाइएको हो। चार वर्षदेखि प्रमाणपत्र बिना कृषि तथा वनजन्य सामग्री आयात हुँदै आएको छ। यो महिनादेखि यी वस्तु आयातमा रोक लगाइएको प्लान्ट क्वारेन्टाइन कार्यालय रसुवाले जनाएको छ। 

बिरुवा तथा बिरुवाजन्य उत्पादनको आयात तथा निर्यातमा बिरुवा स्वस्थताको प्रमाणपत्र अनिवार्य हुने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरेले बताए। २०७१ देखि नियमित रूपमा सामग्री आयात तथा निर्यात हुँदै आएको छ। यसअघि बिउ आयातमा रोक लगाइएको कार्यालयले जनाएको छ। थप जानकारी