कृषि र बिपद् व्यवस्थापन अनुगमनमा सेवा प्रवाह सहज नभएको गुनासो

Dec 25, 2019

मसुरिया । स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा अझै प्रभावकारी बन्न नसकेको नागरिकले गुनासो गरेका छन् । जनप्रििनधी र कर्मचारी विच समन्वयनको अभाव हुदाँ सेवा प्रवाह प्रभाबकारी नभएको उनिहरुको भनाई छ ।

कैलालीको गौरीगंगा नगरपालिकामा एफएमडिसी,विकास र सामाजिक परिवर्तनका लागी संञ्चारले सरकारी निकाय र नागरिक समाजले संयुक्तमा स्थलगत अनुगमनका क्रममा बोल्दै जनताले स्थानीय तह बाट आवश्यक सेवा सुविधा पाउँन नसेको गुनासो गरेका छन् ।
गौरीगैगा नगरपालिका वडा नम्बर ९ का वासुदेव हुमागाँईले अहिले पनि किसानहरु सामान्य सेवा सुविधा बाट वञ्चित हुदै आएको बताए । गौरीगंगा नगरपालिका वडा नम्बर ९ का स्थानीय पवन कुमार वोगटीले स्थानीय सरकारले विपत पुर्व तयारी र कृषी क्षेत्रको प्रवधनका लागी उचित किसमको निती बनाउँन नसक्दा समस्या समाधान नभएको बताए ।
नगरपालिकाले अध्ययन नै नगरी उनुदानका कार्यक्रम वितरण गदै आएको आरोप लगाए । किसानहरुले कृषि जन्यवस्तुको उत्पादनमा वृद्धि गरेपनि त्यसले बजार नपाएको बताए ।
वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले कटेनी नदी देखि लिक्मा नदी र चौधरी खोलाले बर्षेनी समस्या निम्त्याउने गरेको बताए । अध्यक्ष तिवारीले समयमा ध्यान नदिए कन्द्रा नदी मसुरिया आउने समस्या रहेको उल्लेख गरे ।

एफएमडिसी, कार्यकारी निर्देशक उमीद बागचन्दले सरकारले नागरिकलाई दिने सेवा सुविधा नागरिक सम्म पु¥याउन कार्यक्रमले सहयोग गरिरहेको बताए । उनले जनताका समस्या स्थानीय सरकार लाई पु¥याउँने काम आफ्नो संस्थाले गरेको बताए ।
त्यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको कटेनी नदीको पनि अवलोकन गरिएको छ । सोही खोलामा केही बर्ष यता बाढीको समयमा स्कुल जाने ४ जना बिद्यार्थीको ज्यान समेत गईसकेको छ । वडा अध्यक्ष बिनोद कुमार चौधरीले नगरपालिकाको बजेटले नपुग्ने भएकाले ढिलो हुँदै गएको बताए । अहिले वडाले १० लाख छुटएर डिपीआर सुरु भएको बताए ।
कैलालीको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले सिमित स्रोत र साधनका विच सवै समस्या समाधान गर्ने नसकिएको स्वीकार गरिन् । उनले नगरपालिकाले अहिले सम्म गरेका सवै काम जनताका लागी गरेको र कहि कतै समस्या भए विस्तारै समाधान गरिने आश्वसन दिइन्न् । उनले जनताको माग बढी र विकास बजेट कम हुदाँ समस्या सहज हुन नसकेको बताइन् । अनुगमनमा जिल्ला समन्वय समितिका उपसंयोजक सुन्दरी चौधरी,एफएमडिसीका संस्थापक अध्यक्ष उमीद बागचन्द,गैरसरकारी संस्था कैलालीका सचिव चेतमान साउँद,कान्तिपुरकर्मी मोहन बुढाऐर,पत्रकार शकर बोहरा र एफएमडिसीका निराजन परियार लगाएतको सहभागिता रहेको थियो ।