भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवश अर्घाखाँचीमा पनि मनाइयो

Dec 10, 2018

रुद्रमणी भुसाल  मंसिर २३अर्घाखाँची ।

अर्घाखाँचीडिसेम्बर ९ अर्थात भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवश अर्घाखाँचीमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लामा रहेका नागरीक समाज संस्थाहरुको आयोजना तथा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको पहलमा जिल्लाका सार्वजनिक निकाय तथा जनप्रतिनिधीको ध्यानाकर्षण गराइएको छ ।

जिल्लाका नागरीक समाज संस्थाहरुले सन्धिखर्क नगरपालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुुझाइएको हो । ध्यानाकर्षण पत्रमा जिल्ला स्थित सबै सार्वजनिक निकायलाई भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी सम्यन्त्र निर्माण गर्न, सेवाग्राही नागरिकका गुनासा सम्बोधन गर्ने संयन्त्र बनाउनु हुन तथा नियमित रुपमा आयोजना गर्नुपर्ने सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षण जस्ता सुशासनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने काममा सघाउ पु¥याउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरीक समाज अर्घाखाँची संयोजक फर्सुराम पाण्डे, नेपाल पत्रकार महासंघ, अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, प्रकाश सचेतन समुह प्राग, अर्घाखाँचीका सदस्य सुशिला गैरे, एकीकृत ग्रामीण विकास समाज, अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसाल, इन्सेक प्रतिनिधी नारायण भुसाल, लुम्बिनी सामाजिक विकास केन्द्रका कृष्ण पौडेल, लगायतले हस्ताक्षरीत ध्यानाकर्षण पत्र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द केसी मार्फत नगरप्रमुखलाई बुझाइएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदन, २०१७ ले विश्वका १८० मुलुकमध्ये ३१ अंक पाएर नेपाल १२२ औं स्थानमा परेको तथ्य सार्वजनिक गरेको छ । यो अवस्था सन् २०१२ देखिकै निरन्तरता हो, यसमा कुनै सुधार आएको छैन । त्यसैगरी, अन्तराष्ट्रिय भ्रष्टाचार मापन बिधी २०१३ ले नेपालमा भ्रष्टाचार बढ्नुमा ७७ प्रतिशत राजनीति, ६६ प्रतिशत प्रशासनिक, ५८ प्रतिशत प्रहरी तथा ५१ प्रतिशत न्यायिक क्षेत्रलाई दोषी देखाएको छ ।