सामाजिक जवाफदेहिताका औजारहरु बारे अभिमुखीकरण

ममता भट्ट

श्रावण २५, डडेल्धुरा

सामाजिक जवाफदेहिताका औजारहरु बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएसएआइडी र एफएचआइ ३६० को सहयोग र संजिबनि नेपालको आयोजनामा डडेल्धुरा सदरमुकाममा स्थानिय नागरीक , जनप्रतिनीधी र बिभिन्न सरोकारवालालाई लक्षित गरी अभिमुखिकरण सम्पन्न भएको हो ।

समाजमा शुसासन प्रवद्र्धन, जवाफदेहिता र पारदर्शिता कायम गर्न र गराउने बिधि र त्यसका औजारहरुका बारे जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

बिशेष गरी सामाजिक जवाफदेहिताका औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजानिक खर्चको सोधखोज लगायतका बिषयमा कार्यक्रममा जानकारी गराइएको थियो ।

संजिबनि नेपालले जिल्लामा शुसासन कायम गर्न नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना मार्फत बिभिन्न कार्यक्रम गर्दै आएको अमरगढि नगरपालिका ९ का वडा अध्यक्ष भिम बहादुर बोहराले बताउनु भयो ।