सामाजिक जवाफदेहिताका औजारबारे अभिमुखीकरण

Jun 11, 2019

रजनी याेगी 
जेष्ठ ३१, बाँके

बाँकेकोे डुडुवा गाउँपालिकाका स्थानीय नागरिकहरुले आफना सेवा प्रदायक सार्वजनिक निकायबाट सूचना माग गर्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक जवाफदेहिताका औजार सम्बन्धि अभिमुुखीकरण कार्यक्रमका सहभागी स्थानीय नागरिकहरुले वस्ती स्तरको योजना छनौट प्रक्रिया र बजेट पारदर्शितामा चासो राख्ने र सहभागिता जनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

सामाजिक जवाफदेहिताको औजार सम्बन्धि स्थानीय नागरिकहरुको सहभागितामा आज डुडुवा गाँउपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाज र स्थानीय सरकार बिच एक आपसमा समन्वय बढाउने उद्देश्यले १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले सूचनाको हक बारे प्रशिक्षण दिनु हुदै हरेक नागरिकले सूचनाको हकलाई प्रयोग गर्नु पर्ने सुझाव दिनुभएको थियो ।

युएसआइडी र एफ.एच.आइ.३६०को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा डुडुवा गाउँपालिकामा पारस्परिक जवाफदेहिता परियोजना सन्चालन रहेको छ । सो कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली र जवाफदेहिता अधिकृत सोम गुरुङले सामाजिक जवाफदेहिताका औजारहरु, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सूचनाको हकको बारे अभिमुखीकरण गर्नुभएको थियो ।

नेपालमा परिचित हुदै गरेको “खुला सरकार अवधारणाः नागरिक साझेदारी” जुन विश्वका केही मुलुकहरुले देशमा भ्रष्टाचारको अन्त्य गरि पारदर्शी तथा जवाफदेही सरकार हुनमा मद्धत पुग्ने यस अवधारणाले विशेष गरि राज्य सन्चालनका विभिन्न पक्षमा नागरिक संस्था, नीजि क्षेत्र र सरकारको आपसी साझेदारी मार्फत सन्तुलित राज्य सन्चालनमा नागरिकलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने उद्धेश्य रहेको हुन्छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थाले बाँके र बर्दिया जिल्लामा खुला सरकारको अवधारणाको विषयमा छलफल गर्दै आईरहेको छ ।