शिक्षक र जनप्रतिनिधिबीच अन्तरक्रिया

जगतदल जनाला बिक
सुर्खेत,  असोज २०

नेपाल राष्ट्रिय शिक्षक संगठन पञ्चपुरी नगरपालिकाले आज जनप्रतिनिधिसंँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पञ्चपुरी नगरपालिका भित्रका बिद्यालयको शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा ८ ओटा शैक्षिक बुँदाहमाथि छलफल गरिएको छ । बिषयबस्तुमाथि छलफल गर्दै शिक्षकहरूले आफ्ना बिद्यालयका समस्या, राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षहरू मा छलफल गरेका थिए ।

कार्यक्रममा नेपाल राष्टिय आधारभुत बिद्यालय चनालिका प्रधानाध्यापक डिल्लीराम भण्डारीले नगर शिक्षाले आफ्नो बिद्यालयलाई विभेद गरेको आरोप लगाउनु भयाे । नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय छिपछिपेका प्रधानाध्यापक खगेन्द्र सिजापतीले प्राथमिक बिद्यालयमा पनि सुचनाको बिस्तार गर्न सोलार दिन नगरपालिका लाई आग्रह गर्नुभयाे । नेपाल शिक्षक संघ पञ्चपुरीका अध्यक्ष प्रेमबहादुर बिष्टले शिक्षकले पनि आफ्नो कर्तव्य पूरा गरि बिद्यालयमा बिद्यार्थी नियमित आउने बाताबरण बनाउन आबश्यक रहेको समेत सुझाव दिनुभयाे । बिद्यार्थीलाई  बिद्यालयमा टिकाउ बनाउन रमाइलो वातावरण बनाउन समेत उहाँले आग्रह गर्नुभयाे ।

बिद्यार्थीहरु जोखिमपुर्ण कक्षाकोठामा अध्ययन गर्ने भएकोले कक्षा र भवन ब्यवस्थापनमा नगरले चासो दिन आवश्यक रहेको सहभागीले बताएका छन । सहभागी शिक्षकको जिज्ञासालाई सम्बोधन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले शिक्षकहरूका सुझावलाई गम्भीरतापूर्वक लिएको र आगामि दिनमा शिक्षामा सुधार ल्याउन आबश्यक योजना बनाउने बताएका छन । साथै उहाँले नगरपालिकाबाट गत आर्थिक बर्षबाट शैक्षिक क्षेत्रमा उत्कृष्टलाई छात्रवृत्ति, पुरस्कृत र कर्मचारीलाई पोशाक बितरणको काम सुरुवात गरेको समेत जानकारी दिनुभयाे ।

पञ्चपुरी नगरपालिका भित्र ५३ ओटा सामुदायिक बिद्यालय रहेका छन ।