अर्घाखाँचीमा सूचनाको हक सम्बन्धी अभियान सम्पन्न

Feb 7, 2018
अर्घाखाँचीको सन्धिखर्कमा सूचनाको हक सम्बन्धी अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको स्थानिय साझेदार संस्था एकिकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा सहित सुशासन प्रवर्द्धनका लागि नागरिक सञ्जाल अर्घाखाँची र नेपाल मिडिया नेटवर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
गैरसरकारी संस्था महासंघ अर्घाखाँची, सूचना तथा सुशासन अभियान सिआजी र पत्रकार महासंघ अर्घाखाँचीको समेत सहकार्य तथा समन्वयमा भएको उक्त कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन, सूचना माग गर्ने तरिका साथै राष्ट्रिय सूचना आयागले खेल्ने भूमिकाको बारेमा विभिन्न जानकारीका साथै पर्चा एवं पम्प्लेटहरु वितरण गरिएको थियो । 
 
कार्यक्रममा सहभागीहरुलाई सूचनाको हक सम्बन्धी जानकारीमूलक पुस्तकहरु समेत वितरण गरिएको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुमार भुसालले जानकारी दिनुभयो ।
 
साथै भुसालका अनुसार सूचनाको हक सम्बन्धी ऐनको व्यवहारिक कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराइएको थियो । पारस्परिक जवाफदेहिता परियोजनाले देशभरका ३४ जिल्लामा काम गर्दै आएको छ भने सो परियोजना अन्तर्गत एकिकृत ग्रामीण विकास समाजले गुल्मी र अर्घाखाँची जिल्लामा सुशासन र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुभयो । 
 
कार्यक्रमका थप तस्विरहरु:  
 
 
 

 

समाचार  तथा तस्विरहरु : सागर परियार, अर्घाखाँची

Member Comment