रेडियो श्रोत समुहकाे बैठक सम्पन्न

Sep 5, 2018

रुद्रमणि भुसाल

अर्घाखाँची, भाद्र २०

ज्ञानप्रकास माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १२ डिभर्ना सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।

बैठकमा बोल्दै ज्ञानपुञ्ज रेडियो श्रोता समुहका अध्यक्ष तारा कुवँरले साझाबोली कार्यक्रम सुनेर आफुहरुले नगर प्रमुख, उपप्रमुख , वडा अध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत लगायतको भुमिका काम कतब्र्य अधिकार लगायतका बिषयमा जानकारी लिने अबसर पाएको बताउनु भएको छ ।

समाजमा भएका शिक्षा, स्वास्थ्य कृषि, विपद् जाेखिम व्यवस्थापन र सुशासन, जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यकासाथ रेडियो श्रोता समुह गठन गरी नियमित कार्यक्रम साझाबोली बोली सुने र आफ्ना टोल, गाउँबस्ती वडामा भएका समस्याको बारेमा वडा कार्यालय र नगरपालिकामा योजना माग गर्ने गरेको सहजकर्ता दिपक खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाकोे अधिकृत बसन्त श्रेष्ठ, जिल्लाका  सामुदायिक सञ्चारकर्मीले सहजिकरण गनुभएको थियो । बैठक सचिव अस्मिता श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।