कञ्चनपुरका नौ स्थानीय तहका २४ वडा सचिव बिहिन

Jun 11, 2018

नन्दा महरा, जेठ २९ कञ्चनपूर । कञ्चनपुरका नौ स्थानीय तहमा २४ वडामा वडा सचिवको अभाव रहेको पाईएको छ । नौ स्थानीय तहमा ८२ वडा रहेको कञ्चनपुरमा अझै २४ वडा सचिवको आवश्यकता रहेको छ । भीमदत्त नगरपालिका र बेतकोट नगरपालिका बाहेक अन्य नगरपालिकामा वडा सचिवको अभाव रहेको हो । वडा सचिव नहुदाँ कतिपय नगरपालिका तथा गाँउपालिकाले वडा कार्यालय खोल्न सकेको छैन भने सेवा ग्राहीले पनि सास्ति भोग्नु परेको छ । स्थानीय तहमा वडा सचिवसँगै ऋनय प्राविधिक तथा अप्राविधिक कर्मचारीको पनि अभाव हुदाँ अपेक्षाकृत रुपले काम गर्न नसकिएको जनप्रतिनिधिहरुले गुनासो समेत गरेको छन् ।
कञ्चनपुरको पुनरवास नगरपालिकामा ५ वडामा मात्रै सचिव रहेका छन् । पुर्नवास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले छ वडामा मात्रै वडा सचिव रहेको बताउदैँ ‘वडा सचिव नहुुदाँ संयुत्त रुपमा वडा कार्यालय खोली एउटा सचिवलाई दुई/तीन वटा वडाको जिम्मेवारी दिएका छौै उनले भने । ११ वडा रहेको पुनरवास नगपालिकामा जनशक्ती अभावमा ३/३ वडा कार्यालयहरु एउटै भवनबाट सञ्चालन भईरहेका छन् । नगर प्रमुख थापाका अनुसार कर्मचारी अभाव हुदाँ अपेक्षाकृत रुपमा नगरपालिकाले काम गर्न नसकीरहेको बताए । उनका अनुसार नगरपालिकासँग प्राविधिक जनशक्ती नहुदाँ सिमा विकास कार्यक्रमका ईन्जिनियरबाट सेवा सम्पादन भईरहेको छ ।
१० वडा रहेको माहाकाली नगरपालिकाको दुई मात्रै वटा सचिवले सेवा दिईरहेको छन्। माहाकाली नगरपालिकाका नगर प्रमुख विरबहादुर सुनारका अनुसार एक देखि पाँच नम्बर वटामा एउटा र अर्को पाँच वटामा एक जना सचिव राखेर काम भईरहेको छ । साथै नगरपालिकामा जनशक्ति अभाव हुदाँ वडा कार्यालय समेत खोल्न नसकिएको नगर प्रमुख सुनारको गुनासो रहेको छ ।
कृष्णपुर नगरपालिकामा पनि तीन वडाका सचिवको आवश्यकता रहेको छ । नगरपालिकाका प्रवत्ता जया नारान जोशीले ७, ८ र ९ नम्बर वडामा सचिव नभएको बताए । उनले नगरपालिमा वडा सचिव लगायत अन्य कर्मचारी पनि अभाव रहेकोले कार्य सम्पादनमा अहजता भएको बताए ।
१० वडा रहेको बेलौरी नगरपालिकामा ३ वडामा सचिव अभाव रहेको नगरपालिकाले् जनाएको छ । नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले ८, ९ र १० नम्बर वडामा सचिव नहुदाँ अन्य वडा सचिवलाई जिम्मेवारी दिईएको छ । साथै नगरपालिकामा कर्मचारी अभाव हुदाँ संयुत्त रुपमा वडा कार्यालय सञ्चालन गरिको नगर प्रमुख चौधरीको भनाई रहको छ ।
त्यस्तै लालझाडी गाँउपालिका पनि वडा सचिव, ईन्जिनियर र अन्य कर्मचारीको समेत अभाव रहेको उपाध्यक्ष सत्यादेवि महराले बताईन् । उनका अनुसार गाँउपालिकाको एउटा वडामा सचिव छैन भने योजना निर्माण तथा मुल्याङकनका लागि पनि बाहिरबाट प्राविधिक जनशक्ती झेकाउनु पर्ने बाध्यता छ । साथै गाँउपािलकाका उपाध्यक्ष महराले जनशक्ति अभावमा काम गर्न निकै समस्या भईरहेकोले सम्बन्धि निकायले कर्मचारी व्यवस्थापन ध्यान दिन माग गरेकी छिन् । ।
त्यस्तै बेलडाँडी गाँउपालिकामा पनि ५ वडामा ३ वडा सचिवले सेवा दिईरहेको छन् । गाउँपालिका अध्यक्ष धन बहादुर थापाका अनुसार २९ जनाको आन्तरिक दरबन्दी रहेको गाउँपलिकामा अहिले २२ कर्मचारी कार्यरत छन । साथै आवश्यकता अनुसार कर्मचारी नहुदाँ योजन तथा निति निर्माणमा ढिलाई तथा कार्यान्वयनमा समस्या भईरहेको अध्यक्ष थापाको भनाई रहेको छ ।
१२ वडा रहेको शुक्लाफाटा नगरपालिकामा ७ नम्बर वडामा सचिव छैनन् । शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिल बहादूर ऐरका अनुसार वडा सुचिव नहुदाँ वडा कार्यालय समेत खोल्न नसकिएको बताए । उनका अनुसार र्कचारी अभावमा कामकाज ठप्प हुने अवस्था नभए पनि सेवा सम्पादन अपेक्षाकृत रुपमा भईरहेको छैन ।
साथै कार्यालय सवटा बेतकोट नगरपालिकामा १० वटै वडामा वडा सचिवबाट सेवा सम्पादन भईरहेको कार्यकारी नगरपालिका अधिकृत धर्मराज जोशीले जानकारी दिए । अधिकृत जोशीले नगरपालिकामा कति जनशक्ती आवश्यक भन्ने कुरा मन्त्रालयबाट समिति गठन गरि अध्ययन भईरहेको बताउदैँे ‘प्राविधिक फाटा बाहेक अन्य शाखाहरु नगरपालिकाको आन्तरिक दरबन्दी अनुसार कर्मचारी रहेका उपलब्ध छन्’ उनले भने ।
त्यस्तै भीमदत्त नगरपालिकामा भने १९ वटै वडामा सचिव उपलब्ध रहेका उप प्रमुख सुशिला चन्द सिंहले बताईन् । उनका अनुसार नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी परिपुर्ति नभए पनि कार्य सप्पादनमा समस्या छैन ।