सामाजिक दुरी कायम गरेर स्थानिय सभाको बैठक सम्पन्न 

Aug 5, 2020

वीरेन्द्र शाह साउन २१ मसुरीय,

कैलालीको गौरीगंगा नगरपालिका ११ एैंठामा स्थानिय सभाको बैठक सम्पन्न भएको छ ।कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले लागु भएको स्थानिय सभा बैठक सम्पन्न भएको हो ।

सामाजिक दुरी कायम गरेर स्थानिय सभाको बैठक भएको थियो ।केही दिन अगाढी गएको बढीले पिडित भएका बासीन्दाहरुलाई राहतको व्यवस्था, भारत तथा तेस्रो मुलक बाट आएका नागरीकहरु क्वारेन्टिनमा नबसेर सिधै होम क्वारेन्टाईनमा बसेको हुदा कोरोना संक्रमण फैलिने डर भएको स्थानिय सभामा सहभागी भएकाहरुले बताएका थिए ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उनिहरु होम क्वारेन्टाईनमा नबसेको स्थानिय सभाका संयोजक ममता लामिछानले बताए । उनिहरु खुलेआम गाउँ घरमा हिटिरहेको हुदा स्थानियहरुमा डर त्रास पैदा भएको दिलिप प्रसाद अम्मैको भनाई छ ।

उनले होम क्वारेन्टाईनको अनुगमन समेत नभएको भन्दै चिन्ता ब्यक्त गरे । अर्का सहभागी प्रेम चौधरीले केही दिन अगाडी आएको बाढीले ११ नम्बर वडाका २० घर डुवानमा परेको जानकारी गराए ।

डुवानमा परेका परिवारलाई राहत उपलब्ध गराउन स्थानीय सभाले स्थानीय सरकार संग पहल गर्ने निर्णय गरेको छ । त्यस्तै सोही ठाउँमा रहेको शिवपुरी देखि डमौरी सम्म जाने बाटो समयमा न बन्दा स्थानीयलाई बर्षायामको समयमा आवतजावतमा समस्या भएको सहभागिले बताएका थिए ।

कार्यक्रममा स्थानियले भने जस्तो आफुले काम गर्न नसकेको वडा अध्यक्ष बिनोद चौधरीले स्वकार गरे । कार्यापालिकाको बैठक बाट नै भारत तथा तेस्रो मुलक बाट आएका नागरीकहरुलाई होम क्वारेन्टाईनमा राख्ने निर्णय गरेको हुदा सोही अनुसार काम भएको उहाँको भनाई छ । सुरक्षाको दृष्टि कोण बाट जोखिम भए पनि आफै सुरक्षा अपनाउनु पर्ने उहाँले बताए । वडा कार्यालयले गर्न सक्ने काम गरीरहेको उहाँले बताउनु भयो ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत एफएमडिसी, विकास र सामाजिक परिवर्तनका लागि सन्चारको आयोजनामा स्थानीय सभाको बैठक सम्पन्न भएको थियो । बैठकको सहजीकरण पारस्पारिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक ओम जोशीले गरेका थिए ।

स्थानिय सभाको बैठकमा वडा नं११ वडा अध्यक्ष बिनोद चौधरी, स्थानिय सभाका संयोजक ममता लामिछाने, जेष्ठ नागरीक संयोजक दिल्लीप अम्मै, मसुरीया रेडियो श्रोता समुह अध्यक्ष आशा चौधरी,पारस्पारिक जवाफदेहीता परियोजनाका अभियान अधिकारी निराजन परियार लगाएत स्थानीय सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।