जाजरकोटका १९ बर्षिय युवकमा कोरोना संक्रमण

Jun 5, 2020

जाजरकोटका १९ बर्षिय युवकमा कोरोना संक्रमण


जाजरकोटका एक जना युवकमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर सल्यानको कुमाख गाँउपालिकामा रहेको क्वारेन्टाइनमा बसिरहेका जाजरकोट भेरी नगरपालिका १० का १९ बर्षिय युवकमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बारेकोेट र कुशे गाँउपालिकामा एक सय २७ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

बारेकोट र कुशेबाट कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १० दिन अघि सुर्खेत पठाईको थियो । बारेकोट र कुशेका एक सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए । जिल्लाका अन्य ठाँउबाट स्वाव संकलन गरी पठाईएका दुई सय सय ७८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।। भारतबाट हालै आएर विभिन्न क्वारेन्टाइनमा रहेका दुई हजार ६४ जनाको स्वाव नै संकलन गरिएको छैन ।