सार्वजनिक सरोकारमा बढ्दै नागरिक निगरानी

Nov 28, 2019

दैलेख
पछिल्लो समय जिल्लाका नागरिक समाजले स्थानीय सरकारले गरेको बिभिन्न कामहरुको अनुगमन र प्रभावकारीताका बिषयमा जानकारी लिने र नागरिकहरुलाई सचेतना गर्ने अभियानमा लागि परेको छ ।

स्थानीय सरकारले संचालन गर्ने कार्यक्रमहरुबाट सम्बन्धित लक्षित वर्ग सम्म पुगेको छ वा छैन, कार्यक्रम गर्ने क्रममा बजेट सार्वजनिक नगर्ने जस्ता परम्पराको अन्त्यका लागि जिल्लामा भएका छन । सोमवार नागरिक समाज दैलेखको टोलिले नारायण नगरपालिकामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण र कृषि स्थानीय सरकारले दिएको सेवाबारे निगरानी गरेको छ ।

स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी, जवाफदेही, जिम्मेवार बनाउने उद्देश्यले नागरिक समाज दैलेखले नारायण नगरपालिकामा कृषि र बिपद् बारे निगरानि गरेको हो । सुन्दर नेपाल संस्थाद्धारा संचालित ‘नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत नागरिक समाजको टोलीले निगरानी गरेको सुन्दर नेपाल संस्था दैलेखका संयोजक यज्ञराज थापाले बताए ।

टोलीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणका लागि नीति निर्माणको अवस्था, विपद् व्यवस्थापन पूर्व तयारीबारे अध्ययन गरेको नागरिक समाजका संयोजक खड्गबहादुर सिजापतिले बताए । उनले स्थानीय सरका बिपद ब्यबस्थापन सम्बन्धि कतिको सम्बेदनशिल छ भन्ने बिषयमा अनुगमन टोलीले गरेको बताए । अनुगमनमा नागरिकको कृषि सेवामा पहुँच, नीति निर्माणको अवस्था, कृषि शाखा बाट सेवाग्राहिले लिएको सेवा लक्षित वर्गका कार्यक्रम, बजेट बिनियोजन, कृषि समितिको प्रभावकारीताबारे वारे समेत जानकारी लिइएको थियो ।