जवाफदेहि सरकार निर्माणप्रति सम्बन्धित निकायको चासो

Sep 24, 2019

सुखी र समृद्ध राष्टिय सोच समाज विकास हाम्रो अठोट भन्ने मुल नाराका साथ सोमबार जाजरकोट सदरमुकाममा सामाजिक सेवा दिवस तथा सामाजिक जवाफदेहिता सुशासन अनुगमनका लागी हेड गठबन्धन कार्यक्रममा बोल्दै विसुद्ध समाजमा सेवा गर्ने श्रावन ६ सरकारले घोषना गरेको हो ,सरकारी निकायका काम विधि र प्रकृया अनुसार चल्नुपर्छ । नागरिकसंग नजिकको तह, स्थानिय तह तथा वडापालिका नै भएकोले हिजो र आजमा के परिवर्तन छ मुल्याकंन हुनुपर्छ समाज परिवर्तन गर्न हामी सबैको दायित्व हो भनि भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे बताउनुहुन्छ । काम गर्ने क्रममा कमी कमजोरी हुन्छन् ति कमजोरीहरुलाई सुधार गरी कार्यान्वयन गर्न सबैलाई आग्रह गर्दै ,सार्वजनिक सुनुवाई गर्ने , विभिन्न डकुमेन्ट्री बनाएर सहजीकरण गर्ने जस्ता सुधार कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत बेल्बासेले प्रतिबद्धता गर्नुभयो ।


जिल्ला समन्वय समीतीका सदस्य तेज विक्रम शाह भन्नुहुन्छ अनुगमन समीती तथा जिल्ला समन्वय समीती न्यूट्रल भएको छ ।७ जना महाराजा भएको आभाष भएको छ । सुशासनको क्षेत्र जटिल विषय हो यसमा केहि राम्रा काम पनि भएका छन् सुशासनलाई थप पारदर्शीता बनाउन सर्वप्रथम जनप्रतिनिधि र कर्मचारीले हरेक काममा राम्रो भमिका हुनुपर्ने ,जनप्रतिनिधिहरु लोभबाट मुक्त भइ इमान्दारितालाई कायम राखेमा समाज आफैमा रुपान्तरण हुन्छ भन्नुभयो ।
त्यस्तै सुशासनकै पक्षमा कुरा गर्ने हो भने कुनै एक संस्था कुनै निकाय एक्लैले राम्रो काम गरेर हुदैन सामाजिक जवाफदेहि जिल्ला बनाउनकै लागी सबै सरोकारवाला निकायले कुनै न कुनै माध्यमबाट काम गरिरहेता पनि यसमा थप ध्यान दिन जरुरी छ ।साच्चीकै सामाजिक जवाफदेहिता कायम गर्न नागरिक समाज , पत्रकार ,सञ्चारमाध्यम , स्थानिय तह विभिन्न संघसस्था सबै यस विषयमा गहिरएिर सोच्न र सहकार्यलाई अगाडी बढाउन आवश्यक छ , भन्दै जिल्लामा राम्रा काम पनि धेरै भएका छन् केहि समाचारमा बाहिर आएता पनि त्यति बाहिर आउन सकेको छैन , सकारात्मक समाचार पनि बाहिर ल्याइदिए काममा हौसला मिल्ने भेरी नगरपालिका कार्यबाहक प्रमुख गोपाल बटाला बताउनुहुन्छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुन्दर नेपाल संस्थाको सहजीकरण ,गैर सरकारी संस्था महासंघ जाजरकोटको आयोजना र भेरी नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम भएको थियो ।