जवाफदेही सरकार निर्माणका लागी स्थानीय नागरिकहरू जागरूक बन्दै

Aug 14, 2019

  जाजरकाेट, २९ साउन 

 

स्थानीय सरकार बनेको करिव तीन वर्ष वितीसक्दा पनि जाजकरकाेटका कुनैपनि तहमा आवश्यक सूचनाहरु व्यवस्थित नभएकाे गुनासाे स्थानीय नागरिकले एक कार्यक्रममा बताएका छन् । उनीहरूले सबै स्थानिय तहहरुले सूचना अधिकारी तोकेको भएतापनि  व्यवस्थित कार्य कक्ष र सुचना प्रवाह प्रणाली स्थापना नभएको  जनाएका छन् । जाजरकाेटकाे छेडागाड नगरपालिकाका प्रत्येक वडा कार्यालयहरु वडापत्र विहिन भएकाे र सार्वजनिक सुनुवाइ, सार्वजनिक लेखा परिक्षण पनि  नभएकाे स्थानीयहरूकाे गुनासाे छ । 

जाजरकाेटका प्रायजसाे सरकारी निकायमा सुशासनलाई नियालेर हेर्ने हो भने जिल्लाका कुनैपनि स्थानिय तह, विषयगत शाखा लगायत अन्य सेवा दिने निकायमा लागु नभएको पाइन्छ । सुशासनकाे क्षेत्रमा काम गरिरहेको नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सुन्दर नेपाल संस्थाद्धारा  संचालन भएकाे साझेदारी मञ्चकाे बैठकमा स्थानिय नागरिक, युवा समुहहरूले स्थानीय निकाय जवाफदेहि र पारदर्शी हुनु पर्ने, स्थानीय नागरिकलाइ सुचनाकाे पहुच सहज हुनु पर्ने,