यौन दुर्व्यवहार बारे सचेत हुँदै खजुराका किशोरीहरु

Jun 15, 2019

रजनी योगी
जेष्ठ ३२, बाँके

सवारी साधनमा यौन दुव्र्यवहार हुने गरेको भन्दै खजुराका किशोरीहरु खजुरा गाउँपालिकामा पुगेर जानकारी गराएका छन् । उनीहरुले गाउँपालिका र ट्राफिक प्रहरीलाई जानकारी गराई सवारी साधनमा अब अगाडि सिटमा महिला नबसाउने सम्झौता समेत गराएको किशोरी क्लबका अध्यक्ष दिक्षा न्यौपानेले बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको सहयोग, खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालले किशोरीक्लबका पदाधिकारीको क्षमता अभिवृद्धि गर्नका लागि २ दिने पैरवी तालिममा यस्तो कुरा बताउनु भएको हो ।

स्याक नेपालका टिमलिडर नेत्रकला शाहीले क्लबको कामकर्तब्य, पदाधिकारहिरुको जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो । त्यसै गरि जानकी गाउँपालिकामा पनि साइबर क्राइमबारे सचेतना कार्यक्रम समेत सन्चालन गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पाकुमारी सुनारले जानकारी दिनुभयो ।

स्याक नेपालको आयोजनामा बालविवाह रोकथाम परियोजना अन्तर्गत आज नेपालगन्जमा पनि नागरिक समाज सन्जालको नियमित बैठक समेत सम्पन्न गरेको छ । सो बैठकमा सहभागीनागरिक समाजका ब्यक्तिहरुले बालविवाह न्युनीकरणको लागि समन्वय र सहकार्यको आवश्यक्ता रहेको बताएकाछन् । सो परियोजनको उद्धेश्यबारे स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनु भएको थियो ।