रेडियो श्रोता समुह योजना छनौट प्रक्रियामा सहभागी हुने

मकवानपुर,  जेठ ५

बसन्तपुर रेडियो श्रोता समुहका सदस्यहरुकाे नियमित बैठक मनहरी गाउपालिका वडा नम्वर ५ बसन्तपुरको भोजसिद्ध माविमा बसेको छ । समुहका सदस्यहरुले साझा बोलीको केन्द्रीय संस्करणको ६२ औ अङ्क योजना छनौट प्रक्रियामा लक्षित बर्गको सहभागिता विषयक कार्यक्रम सुनेर छलफल गरेका थिए ।

रेडियो श्रोता समुहका सदस्यहरुले साझा बोलीको केन्द्रीय संस्करण सुनेर समुहमा छलफल गरेका थिए । छलफल गर्दा समुहका सदस्यहरुलाई लक्षित वर्ग भित्र को को पर्छन् भन्ने बारे अब प्रस्ट भएको बताएका थिए ।

महिला, बालबालिका, दलित, एकल महिला, पिछडिएका वर्ग, लोपोन्मुख जाति तथा जेष्ठ नागरिक पनि लक्षित वर्गमा पर्ने रहेछन् र स्थानीय तहमा लक्षित वर्गलाई योजना छुट्टाइएको हुने रहेछ भन्ने बताएका थिए । साथै अब हुने वस्तीस्तरको योजना छनौट प्रक्रिया कहिले हुन्छ भन्ने बुझ्ने आगामी योजना छनौट प्रक्रियामा पनि सहभागि हुने समुहमा सदस्यहरुले बताएका छन् ।
                       

समुहका सदस्यहरुले आगामी बैठक जेठ ११ मा बस्ने र सो बैठकको दिनमा प्रश्न सोधौ जवाफदेहिता खोजौ अभियानमा पनि सहभागि जनाउने बताएका छन् ।

साथै बसन्पुरमा रहेको बसन्तपुर हेल्थपोष्टबाट प्रवाह हुने निशुल्क औषधी वितरण बारेमा अनुगमण गर्ने तथा विद्यालयबाट प्रवाह गराईएको सेनिटरी प्याडको विषयमा आएको समस्याबारे पनि बुझ्ने बताएका छन् ।

समुहमा छलफल भईरहदा भोजसिद्ध माविको व्यवस्थापन समितिको अध्यक्ष ईन्द्रकुमारी मिजारले योजना छनौट प्रक्रियामा पनि अझै लक्षित वर्गको सहभागिताको कुरा र यो संग सम्वन्धित रहेर बनेको साझा बोली कार्यक्रम एकदमै प्रभावकारी रहेको बताउनुभएको थियो ।

बसन्तपुर रेडियो श्रोता समुहमा बालबालिका रहेका छन् र अहिले नै यसरी चासो लिएका छन् राम्रो काम गर्दै जान र आवश्यक सहयोगको लागि तयार रहने बताउनुभयो ।