अनलाइन मार्फत युवाहरु सँग बैठक

May 14, 2020

वीरेन्द्र शाह

कैलाली, जेष्ठ १

कैलाली जिल्लामा गठन भएका रेडियो श्रोता समुहहरु सँग अनलाइन मार्फत बैठक गरिएको छ । प्रविधिको उच्च प्रयोग गर्दै  जुम क्लाउड मिटिङ्ग एप मार्फत रेडियो श्रोता समुहहरु सँग बैठक गरीएको थियो । लकडाउन पछि गाउँमा घरमा युवाहरुले कसरी काम गरीरहेका छन् र के के काम गरे लगायत विभिन्न विषयमा छलफल गर्नको लागी अनलाइन मार्फत बैठक गरीएको थियो । बैठकमा महादेव रेडियो श्रोता समुह र खप्तड रेडियो श्रोता समुहका सदस्यहरुको उपस्थिति रहेको थियो । मसुरीया रेडियो श्रोता समुहका सदस्यहरु भने अनलाइन बैठकमा सहभागी हुन पाएनन् ।

गाउँमा राम्रो सगँ नेट नचल्ने  हुँदा उनिहरु अनलाइन बैठकमा सहभागी नभएका हुन् । यसरी जुम क्लाउड मिटिङ्ग एपको उच्च प्रयोग गर्दै  बैठक बस्न पाउँदा अत्यन्तै खुसी महसुस भएको रेडियो श्रोता समुहका सदस्यहरुले बताएका थिए । महादेव रेडियो श्रोता समुहका सहजकर्ता प्रेम जोशीले भने सरकारले गरेको लकडाउन पछि वडा सँग समन्वय गरेर विभिन्न काम गरेको बताए । सरकारले लकडाउन जारी गरेपछि आर्थिक रुपमा विपन्न, गरिब, अशक्त, अनाथ बालबालिका, मजदुर परिवारलाई राहत वितरण गर्ने प्रकृयमा वडालाई सहयोग गरेको बताए । साथै वडामा विकासका निमार्णका कामहरु भईरहेको बताउदै प्रेम जोशीले सामाजिक दुरी कायम गरेर भए पनि आफुहरुले अनुगमन गर्ने बताए । त्यस्तै अनलाइन बैठकमा सहभागी खप्तड रेडियो श्रोता समुहका सहजकर्ता जिवन कंडेलले  भने आफुहरुले पनि राहत वितरण गर्ने प्रकृयामा वडा कार्यालयलाई सहयोग गरेको बताए ।

अति विपन्न परिवारहरुको डाटा संकलन गर्ने र राहत सम्बन्धी व्यक्तिहरुले पाए नपाएको बारेमा आफुहरु बुझ्ने प्रयास गरेको बताए । रेडियो श्रोता समुहका सदस्यहरु उपभोक्ता समितिका विभिन्न पदमा बसेर काम गरीरहेको उनले जानकारी दिए । सामुदायिक संचारकर्मी वीरेन्द्र शाहले लक डाउनको बिचमा पनि युवाहरुले गाउँ ठाउँमा बिभिन्न रचनात्मक काम गरेकोमा उनिहरुलाई धन्यवाद दिएका थिए । सरकारले लकडाउन गर्दा रेडियो कार्यक्रम साझा बोली केही महिनाको लागी प्रसारण रोकिएको भए पनि मे ३ तारिख बाट कार्यक्रम पुनः प्रसारण सुरु भएको रेडियो श्रोता समुहहरुलाई जानकारी दिएका थिए । पहिला जस्तै रेडियो साझा बोली कार्यक्रम सुन्न र कार्यक्रम सुनेर प्रतिकृया जनाउन हुन पनि उनले युवाहरुलाई आग्रह गरे ।

पारस्पारिक जवाफदेहीता परियोजनाका अधिकारकर्मी निराजन परियारले बन्दाबन्दीका बिच परियोजना लागु भएको पालिकामा कार्यक्रम गर्न नसकिएको बताए । माथीबाट नै कुनै कार्यक्रम नगर्न निर्देशन दिएको बताउदै उहाँले सरकारले बन्दाबन्दी खुल्ला भएपछि कार्यक्रम सुचारु  हुने उनले जानकारी दिए । बिहिबार बसेको अनलाइन बैठकले वडा कार्यलयले गर्ने कामहरुमा निगरानी गर्ने, फोन मार्फत भए गरेको कामहरुको बारेमा जानकारी दिनुका साथै आवश्यक परे अर्को महिनामा पुनः अनलाईन मार्फत बैठक बस्ने समेत निर्णय भएको थियोे । अमेरीकी अन्तर्राष्ट्रिय विकास नियोग यु.एस.आई.डी को सहयोगमा संचालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागी एफएचआईथ्रिसिस्ठी सँगको सहकार्यमा एफएमडीसी कैलाली जिल्लामा ३ वटा रेडियो श्रोत्रा समुह गठन गरेको छ । रेडियो श्रोत्रा समुहले इक्वेल एक्सेसले उत्पादन गर्ने रेडियो कार्यक्रम साझा बोली र साथी सँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने, प्रतिकृया दिने र पालिकाले गरेका हरेक क्रियाकलापहरुमा निगरानी साथै खबरदारी गर्ने गर्दछन् ।