विपद्का घटना कम गर्न आपतकालिन कक्षको स्थापना

May 14, 2019

सल्यान, वैशाख ३१ 

सल्यानका सबै स्थानीय तहहरुमा आपतकालिन कक्षको स्थापना गरिने भएको छ ।

बिपद् पश्चात उद्धार तथा राहत बितरणको कार्यलाई प्रभावकारी बनाउन आबश्यक जनशक्ति एवम् उद्धार तथा राहत सामाग्रीको ब्यबस्थापन सहित जिल्लाका सबै स्थानिय तहहरुमा उद्धार तथा राहत बितरणका लागी आपतकालीन कक्षको स्थापना गरिने भएको हो ।

जिल्ला बिपद् ब्यबस्थापन समितीका वैठकले यस्तो निर्णय गरेको हो । आपतकालिन कक्ष स्थापना पश्चात जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोलीले अबलोकन गर्नेछ ।

यस्तै बिपद्बाट हुने सम्भावित क्षति, नोक्सानी र जोखिमलाई न्यूनिकरण गर्ने उद्धेश्यका साथ जिल्लास्थित सम्पूर्ण स्थानिय तहहरुको बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागी ३ वटा नगरपालिकाले ५०/५० हजार र ७ वटा गाउपालिकाले ३५/३५ हजार रुपैँया आर्थिक सहयोग गर्ने भएका छन् । यस योजनाको निर्माणको जिम्मेवारी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानलाई दिने निर्णय भएको छ ।


स्थानीय तहहरुमा मौज्दात रहेको उद्धार तथा राहत सामाग्रीहरुको बिबरण जिल्ला प्रशासन कार्यालयमा पठाउने र बिपद्को समयमा स्थानिय तहहरुका बीचमा आदानप्रदान गरी उद्धार तथा राहत बितरण क्रियाकलापलाई प्रभावकारी बनाईने प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीय तहहरुले उद्धार तथा राहतको लागी मौज्दात नरहेका अतिआबश्यक उद्धार तथा राहत सामाग्रीको खरिद योजना र बिपद् प्रतिकार्यका लागी भौतिक संरचना निर्माण योजना जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्माण भएको छ ।

वजेट छ तर योजना छैन
यहाँका स्थानीय तहले विपदवाट उत्पन्न समस्या समाधान गर्ने र पिडितलाई क्षतिपुर्ति दिन वजेट विनियोजन गरेका छन् । वजेट विनियोजन गरेको भएपनि कसरी त्यसको खर्च गर्ने योजना नभएको वताएका छन् ।

जिल्ला विपद् ब्यवस्थापन समितिका वैठकमा सहभागी स्थानीय तहका प्रतीनिधीले कुन प्रकृतिको क्षति मा कति राहत दिने कार्यविधि नहुदा समस्या भएको वताएका हुन । विपद् भए उद्धार,खोज र पुर्नस्थापन पश्चात कुन किसिम सहयोग कसरी दिने समस्या भएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले वताउनुभयो ।

यहाँका १० वटै स्थानीय तहले ५ लाख देखि १५ लाख सम्म विपद ब्यवस्थापन, राहतका लागि रकम विनियोजन गरेको जनाएका छन् ।

प्राकृतिक बिपदवाट हुने क्षतिकम गर्न सशस्त्र प्रहरीको अभियान
सल्यानमा सशस्त्र प्रहरीले प्राकृतिक बिपदवाट हुने क्षति न्यूनिकरण गर्न जनचेतनामुलक अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरी गुल्म सल्यानले भान्सामा प्रयोग हुने ग्याँस, आग्लागी, चट्याङ,भूकम्प आदि जस्ता बिपदको समयमा कसरी वच्न सकिन्छ, विपद पूर्व तयारी, विवदको अवस्था र विपद पश्चात गर्नु कार्यवारे समुदायमा पुगेर कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी वल लुहापिङ सल्यानका प्रहरी प्रहरी प्रमुख विमल डाँगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो यो अभियान सल्यानका १० वटै स्थानीय तहमा मुख्य मुख्य वजार र केन्द्रमा सञ्चालन गर्ने गरी कृयाकलाप गरिरहेका छौ ।

स्थानीय तहका जनप्रतीधिका विचमा डढेलो,ग्यास सिलिण्डर आगलागी आदिवाट वच्न जनचेनामूक नमूना प्रदर्शनी समेत गरिएको छ । सल्यान सदरमुकाम खलंगामा प्रदर्शनी गरिएको हो । प्रहरी खलंगा, श्रीनगर, थारमारे , हिवल्चामामा रहेका वजार र माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको डिएसपी विमल डाँगीले वताउनुभयो ।