सडक नापजाचँ गर्न आएको प्राविधिक टोली नापजाँच नगरि फिर्ता 

Jan 8, 2020

षौष २३ सुखड,
कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ महादेवामा बनाईएको सडक नाप जाचँमा आएका प्राविधिक सडक कम्जोर बनेको पाए पछि नाप जाँच नगरि फर्केको छ । वडा अध्यक्ष दलबहादुर कुमाल, मसुरीया रेडियो श्रोता समुहका प्रेम चौधरी,माहादेवा रेडियो श्रोता समुहका सहजकर्ता प्रेम जोशी र पत्रकार समेत त्यहाँ पुगेपछि सडक नाप जाँच नगरि फर्केको हो । सडक निर्माण भएको एक महिना पनि नपुग्दै चर्किएर दबिएको छ । कालोपत्र गरेको एकमहिना पनि नपुग्दै सडक भत्किन थालेपछि ठेकेदारले कालोपत्र माथि टालटुल गरेर टार्न खोजेका थिए । वडा अध्यक्ष कुमालले सडक गुणस्तर हिन भएको र दैनिक यहीँ बाटोमा हिड्ने जनताले खबरदारी गरिरहेको बताए ।

सडकको नाप जाचँ गर्दै गरेको अबस्थामा पुगेर कुमालले बजेट अनुसारको स्तरिय सडक नबनेमा बजेट रोक्न पहल गर्ने बताए पछि टोली त्यतिकै फर्केको थियो । टोलीमा आएका सुदुरपश्चिम प्रदेश पुर्वाधार विकास कार्यालयका सव ईन्जिनियर ओमप्रकाश जोशीले सुदुर पश्चिम प्रदेश सरकारको गत बर्षको १६ लाख ५० हजार रुपैयाँको बजेटले बनाईएको ५ सय ३० मिटरको सडक खण्डमा ठेकेदारले कम्सल बनाएको भन्दै पुनः निर्माण गरेर मात्रै नाप जाँच गरि भुक्तानीको लागि सिफारिस गर्ने बताएका छन् । गणेशदत्त भट्टको रुर्दबती निर्माण सेवा धनगढीले हुकुम ताडिको घर देखि मेलाराम टेर्राको घर सम्म बनाएको सडक कम्सल रहेको अध्यक्ष कुमालले बताए ।