आफ्नो गाउँमा शिक्षक दरबन्धिको अवस्था र वार्डबाट छुटाएको रकम खोज्दै स्थानिय क्लब

Feb 10, 2020

रुद्रमणि भुसाल
माघ २७
समाजमा सुशासन र पार्दसिता कायम गर्ने उदेश्यले स्थापना भएका युवायुवतीहरुको क्लबले आफ्ना गाउँठाउँमा हुने शिक्षा , स्वास्थ्य , कृषि र बिपदब्यवस्थापनको अवस्थाको बारेमा सोधखोज गनुको साथै यी क्षेत्रहरुमा छुटाएको बजेटसमेत माग गर्न थालेका छन् ।
अर्घाखाँचीको छत्रदेब गाउँपालिका वार्ड नं.७ भगवतीमा रहेको भगवती रेडियो असलशासन स्रोता क्लबले लक्षितबर्गको बजेट र शिक्षा क्षेत्रमा छुटाएको बजेट मार्ग गर्ने निर्यण गरेको क्लबका अध्यक्ष सागर पोख्ररेलले जनाकारी दिनुभयो । यस क्लबले बिद्यालमा हाजिर जबाफ प्रतियोगिता ,सरसफाई , बिभिन्न किसिमका खेलकुद प्रतियोगिदा गदै आएको सहकर्ता लक्ष्मि पाण्डेले जनाकारी दिनुभयो ।

त्यस्तै सन्धिखर्कमा रहेको परिर्बतन रेडियो स्रोताक्लबले गएको शुक्रबारबसेको बैठकको निर्यण अनुसार सन्धिखर्क नगरपालिकामा भित्र आधारभुत ,माध्यमिक बिद्यालयमा कतिजना शिक्षक दरबन्धि रहेको छ । दरबन्धि मिलान केको आधारमा गरिन्ध , सन्धिखर्क नगरपालिकाभर कतिशिक्षक दरबन्धि खालीरहेको छ त्यसको लिखितरुपमा सन्धिखर्क नगरपालिकाको सुचना अधिकारी मञ्जु खनालसंगमग गरेको परिर्बतन रेडियो स्रोताक्लबकी अध्यक्ष जेनिसा चौहानले जानकारी दिनुभयो । क्लबले सन्धिखर्कमा रहेको युवा बर्ष जनता रबिचित्र माध्यमिकबिद्यालयमा नियमित सरसफाई गर्नको लागि नगरप्रमुख कमल प्रसाद भुसालसगं १५ डष्टबीन मागगरेको छ । सुचनामागको पत्रबुझदै केहिदिनमा मागेअनुसारका सुचना र डष्टबीन उपलब्ध गराउने सुचना अधिकारी मञ्जु खनालले बताउनु भयो ।

नेपालको संबिधान २०७२ को धारा २७ मा प्रत्याभुत गरिएको मौलिक हक सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ बमोजिम सुचना मागरिएको भगवती रेडियो असलशासन स्रोता क्लबका सहजकर्ता नारायण भट्टराईले बताउनु भयो ।
।पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा क्लबका बैठक सम्पन्न भईसुचना माग गरेका हुन ।  कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसाल ,पारस्परिक जवाफदेहिता परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ सामुदायिक संचारकर्मी रुद्रमणि भुसाल परियोजना अनुसन्धानकर्मी सागर परियार लगायतको सहभागिता रहेको थियो ।