स्थानीय तहमा सामाजिक जवाफदेहिताका औजारकाे प्रयाेग

Mar 7, 2019

रसुवा, फागुन २३ गते

रसुवाको कालिका गाउँपालिकाले सामाजिक जवाफदेहिताकाे औजार अन्तर्गत पर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम कालिका गाउपालीकामा फागुन २२ गते  सम्पन्न भएको छ ।

वडा कार्यलयमा भएको भुकम्पीय आवास पुर्ननिर्माण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधारको आयोजनामा सम्पन्न भएको हो ।

विसं २०७२ को भूकम्पले विस्थापित भई बस्ती स्थान्तरण गर्नुपर्ने ९९९ जना सूचीकृत भएका लाभग्राहीमध्ये ४२८ जनालाई जग्गा खरीद गर्ने काम सम्पन्न भइसकेको, ७३ घर परिवार सुरक्षित बसोबास लागि नुवाकोट जिल्लालगायतका स्थानमा सरी गएको र अन्यको बसोबासका लागि जमीन खोज्ने काम भइरहेको छ । कार्यक्रममा धेरै नागरिकहरुले पुनःनिमार्ण सम्बन्धि धेरै जिज्ञाशा र गुनासो राखेका  थिए । त्यसको जवाफ  पुनःनिर्माण प्राधिकरणले दिएको थियो ।अब छुटेका वास्तविक पिडितलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा वृहत छलफल गर्ने प्रतिबद्दता समेत सम्बन्धित निकायले गरेकाे छ ।

भूकम्पपछिको पुनःनिर्माण अन्तर्गत रसुवा जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाका अनुसार रसुवा जिल्लाको पाँच वटा गाउँपालिकाअन्तर्गत २७ वडामध्ये १० हजार ३३६ लाभग्राहीले निजी आवास पुनःनिर्माण एवं २१९ जनाले प्रवलीकरण गरिसकेको छन् । प्रबलीकरण समेत नौ हजार ६६६ सरकारी अनुदानबाट र ८७९ घर गैससको अनुदान निर्माण सम्पन्न भएको बताइएको छ ।विस्थापित केहीलाई उत्तरगया गाउँपालिका–१ को तिरु क्षेत्रमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाका कायममुकायम प्रमुख भरतकुमार थापाले जानकारी दिएका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण धुञ्चे एकाइले भूकम्प प्रभावित १४ जिल्लामध्ये पुनः निर्माणमा रसुवा जिल्ला प्रथम स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ । उत्तरगया गाउँपालिकाले भने रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले जनतालाई यातायातको सहज बनाउन आफ्नो निजीस्तरबाट स्काभेटर खरीद गरी सामूहिक विकासमा परिचालन गर्दा गाउँगाउँको सडक सामान्य बाटो खुल्न गई निर्माणका सामग्री ढुवानीमा सहज भएबाट पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाउन सफल भएको जनाएको छ ।

नौकुण्ड गाउँपालिकाले निर्माण गरेको गाउँले सडकमा परेका पहराका ढुङ्गा फुटाउन सांसद आचार्यले ब्रेकर उपलब्ध गराई सडक निर्माणमा सहयोग गरेका कारण अहिले आफ्नो क्षेत्रका सबै वडाका बस्तीमा सवारी साधन गुड्न थालिसकेको नौकुण्ड गाउपालिका अध्यक्ष नुर्पु साङ्वो घलेले जानकारी दिए ।

निजीस्तरबाट जिल्लाको समग्र विकासमा सांसद मोहन आचार्यको सहयोग उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ ।