किशोरी आमाको संख्या घट्नुको सट्टा बढ्दै

किशोरी आमाको संख्या घट्नुको सट्टा बढ्दै

किरण बिवाहीत, सिन्धुपाल्चोक

जिल्लामा कलिलै उमेरमा विवाह गर्ने र किशोरीमै आमा बन्न थालेका छन् । जिल्लामा किशोरी आमा बन्ने क्रम रोकिएको छैन । चौतारा साँगाचोकगढी नगरपालिका–२ बद्लाङकी २१ वर्षीया जुना थापाका तीन सन्तान छन् । पन्ध्र वर्षमै भागी विवाह गरेकी उनले १६ वर्षमा पहिलो सन्तान जन्माइन् । अठार र बिस वर्षको उमेरमै थप दुई सन्तान जन्माएकी जुनालाई किशोरीमै आमा बन्नुपर्दा आत्मग्लानी भएको छ ।


कलिलो उमेरमा बिहे गर्नु हुँदैन भन्ने जानकारी नपाएको उहाँले बताउनुभयो । किशोरीमै आमा बन्नुपर्दा सन्तानको राम्ररी स्याहार गर्न नपाएको उहाँको गुनासो छ । ‘सानैमा बिहे गरें, बच्चा जन्मिए, एउटा स्याहार्न नपाउँदै अर्को जन्मेपछि त झन् गाह्रो भएको छ’, मायाले भन्नुभयो ।


स्वास्थ्यमा असर हुने र बच्चाको स्याहार राम्रोसँग नहुने हुँदा किशोरीमै आमा बन्नु गलत भएको उहाँले महसुस गर्नुभएको छ । पाँचपोखरी थाङ्पाल गाँउपालिका–८ की २४ वर्षीया बिमाँया तामाङले ८ कक्षा पढ्दै गर्दा परिवारको सहमतिमा बिहे गरिन् । पन्ध्र वर्षमै आमा बनेकी उहाँका ५ सन्तान छन् । नियमित तल्लो पेट दुख्न थालेपछि अस्पताल पुगेपछी मात्र पाठेघरको समस्याबाट आक्रान्त भएको उहाँले थाहा पाउनुभयो ।


कलिलो उमेरमा गरिएको विवाहले २४ वर्षको उमेरमै पाठेघरको समस्याबाट ग्रसित हुँदा उहाँलाई निकै पिर परेको छ । ‘चार सन्तान छन, पाठेघरको समस्या छ, काम गरेर सन्तान पाल्न निकै कठिन छ’, तामाङले गुनासो पोख्नुभयो ।


पाँचपोखरी थाङ्पाल गाँउपालीका –८ लप्सेकी सिता तामाङले ९ कक्षा पढ्दै गर्दा भागीविवाह गर्नुभयो । १६ वर्षमै गर्भवती हुनुभएकी सिताले ६ महिनामै बच्चा गुमाउनुभयो । त्यसपछि तीन पटकसम्म गर्भवती भए पनि उहाँको सन्तान हुन सकेको छैन । परिवारको आर्थिक अवस्था कमजोर देखेपछि उहाँले भागेर विवाह गर्नुभएको थियो । ‘पटक–पटक चेकजाँच गर्दा थाहा भयो, कलिलो उमेरमै विवाह गरेका कारण मेरो सन्तान हुन सकेको छैन’, स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गराइसक्नुभएकी उहाँले भन्नुभयो,‘साथीहरू पढ्दै छन, मलाई अहिले छिटो विवाह गरेर जीवन नै बर्बाद गरेँ जस्तो लाग्छ ।’


यी त केही प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा किशोरीमै आमा बन्ने क्रम रोकिएको छैन । गाँउगाँउमा रहेका स्वास्थ्य संस्थामा सामान्य चेकजाँच गराउने गरेपनी प्रसुती भने घरमा नै गराउने प्रचलन घरगाँउमा रहेको छ । यसरी क त सानो उमेर अर्को त घरमा नै प्रसुती गराउनु स्वास्थयको हिसाबले जाेिखम रहेको स्वास्थयकर्मीहरुको तर्क रहेको छ ।


सिन्धुपाल्चोक जिल्लामा बालविवाह गर्नेको आधिकारिक तथ्यांक नभए पनि जिल्ला अस्पताल चौतारामा पछिल्ला ३ वर्ष गर्भवती जाँच गर्न आउने किशोरीको संख्या घट्दो भने छैन् । गाँउगाँउमा रहेका स्वास्थ्य संस्थाहरुमा पनि किशोरी उमेरमा नै आमा बनेकाहरुको चेकजाँज बढी हुने गरेको पाँचपोखरी थाङ्पाल –८ ओखरेनी स्वास्थ्य चौकीकी अहेव समीता दोङले बताउनुभयो ।


स्थास्थ्य संस्थामा प्रसुती गराउनेको अवस्था


जिल्ला अस्पतालका अनुसार गर्भजाँच गर्न १५÷१६ वर्षका किशोरी आउने गर्छन् । उनीहरूमध्ये धेरैजसो पढ्ने उमेरमै भागेर विवाह गरेका हुन् ।


मेलम्ची नगरपालिकाको वडामा रहेका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने किशोरीको संख्या झन्डै ११ प्रतिशत रहेको नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र घोरासैनीले बताउनुभयो ।


‘यो त किशोरी गर्भवती भएर स्वास्थ्य संस्थामा सेवा लिन आएको तथ्यांक मात्रै हो, सबै किशोरी जाँच गर्न नआउने र सेवा लिन आफ्नो ठाउँभन्दा बाहिर पनि जाने भएकाले किशोरी आमाको संख्या बढ्न सक्छ’, घोरासैनीले भन्नुभयो । ‘सुगम ठाउँमै यो संख्या हुनु राम्रो संकेत होइन ।’


बालविवाहबारे सचेतना कम हुनु, आर्थिक अवस्था कमजोर हुनुजस्ता कारणले किशोरीमै आमा बन्ने क्रम भने रोकिएको छैन् ।
२० वर्षमुनिको विवाहलाई कानुनले स्वीकृति दिएको छैन । तर, अभिभावकको सहमतिमा हुने बिहेका कारण किशोरीमै आमा बन्ने क्रम जारी छ ।


महिला स्वास्थ्यका हिसाबले जोखिमपूर्ण रहँदासमेत किशोरीमै आमा बन्ने क्रम नरोकिनु चिन्ताको विषय भएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताउनुभयो । यसरी नै किशोरी आमाहरुको संख्यामा उल्लेख्य कमी नआएमा भोलीको दिनमा झन खतरा हुने उहाँको तर्क छ । यो आर्थीक बर्षदेखि कोशोरीहरुको लागी बजेट सहितको कार्यक्रम लागु गर्ने उहाँले बताउनुभयो । पहिलाको चलनमा जस्तो सानो उमेरमा हुने बिवाह कम भएपनि भागेर बिवाह गर्नेहरुले गर्दा किशोरी आमाको संख्यामा कमि नआएको उहाँको भनाई छ ।


मेलम्ची नगरपालीका ९, की १९ वर्षीया सुधा विक गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि आफन्तले हतारहतार धुलीखेल अस्पताल लगे । उहाँलाई लामो समयदेखि प्रसूति व्यथा लागेको थियो । अस्पतालका चिकित्सकले शल्यक्रियामार्फत प्रसूतिको तयारी गरिरहेको बेला उहाँले बच्चा जन्माउनुभयो ।


पछिल्लो समय जिल्लामा कम उमेरमै सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको छ । कम उमेरमा गर्भवती हुँदा महिलाले विभिन्न शारीरिक समस्या भोग्दै आएका छन् । आमा र बच्चाको ज्यान खतरामा पर्दै गएको छ । अशिक्षा, जनचेतना अभाव र देखासिकी बालविवाह गर्नेको संख्या बढेसँगै कलिलै उमेरमा आमा बन्ने पनि बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयको विवरण

क्र.स सिन्धुपाल्चोक जिल्ला साउन २०७३ देखि २०७४ असारसम्म साउन२०७४ देखि २०७५ असारसम्म साउन२०७५ देखि २०७६ असारसम्म
1.
Percentage of pregnant women who had at least one ANC checkup
63.6
65.4
79.8
2.
Percentage of pregnant women who had four ANC checkups as per  protocol (4th, 6th, 8th and 9th month)
29.2
31.3
41.9
3.
Percentage of women who received a 180 day supply of Iron Folic Acid during pregnancy
31.1
31.9
36.5
4.
Percentage of institutional deliveries
 
21.7
19.4
27.1
5.
Percentage of women who had 3 PNC check-ups as per protocol (1st within 24 hours, 2nd within 72 hours and 3rd within 7 days of delivery)
3.7
4.4
8.4
6.
Safe Motherhood Program-Antenatal Checkup-First ANC Visit (any time)< 20 Years
774
738
855
7.
Safe Motherhood Program-Antenatal Checkup-First ANC Visit (any time)≥ 20 Years
3438
3554
4307
8.
Safe Motherhood Program-Antenatal Checkup-First ANC Visit as per Protocol< 20 Years
560
525
583
9.
Safe Motherhood Program-Antenatal Checkup-First ANC Visit as per Protocol≥ 20 Years
2527
2569
2952
10.
Safe Motherhood Program-Antenatal Checkup-Four ANC Visits as per Protocol< 20 Years
285
285
376
 
11.
Safe Motherhood Program-Antenatal Checkup-Four ANC Visits as per Protocol≥ 20 Years
1647
1776
2333

यो त भयो स्वास्थ्य संस्थामा आउनेहरुको विवरण यस बाहेक पनि धेरैको संख्यामा घरमा सुत्केरी हुनेहरुको संख्या रहेको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादक्त चापागाँईको भनाई छ । सिन्धुपाल्चोक जिल्लामा पनि किशोरी उमेरमा नै आमा बन्नेहरुको संख्या उदेश्य अनुरुप नरहेको जिल्ला जनस्वास्थ्य प्रमुख चापागाँईले बताउनुभयो । जिल्लामा क्रियासिल रुपमा काम गरीरहेका सरकारी तथा गैह्रसरकारी निकायसंगको समन्वयमा पनि किशोरी शिक्षा र बालविबाहको असरको बारेमा सचेत गराउने काम भईरहेको उहाँको भनाई छ । साथै पत्रपत्रिका र स्थानिय रेडियोहरुमा पनि सचेतना जगाउने खालका सुचनाहरु प्रकाशन र प्रशारण गर्दै आईरहेको उहाँले बताउनुभयो ।


स्वास्थ्यकर्मीहरू किशोरी उमेरमै सुत्केरी हुनेहरूलाई बढी रक्तस्राव र पछि पाठेघरको क्यान्सर हुने खतरा रहेको बताँउछन् । किशोरावस्थामै पारिवारिक जिम्मेवारी र सक्रिय यौन जीवनमा प्रवेश गर्नुपर्ने बाध्यताले महिलाहरूको प्रगतिको बाटो त रोकिएको छ नै यस भेगका अधिकांश बालबालिका कुपोषणको शिकार पनि भएका छन् ।


नेपालको मुलुकी अपराध(संहिता) ऐन, २०७४ को परिच्छेद ११, दफा १७३.मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनहुँदैन । उपदफा(१)विपरीत भएको विवाह स्वतः बदर हुनेछ । (३) उपदफा(१)बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यावस्था रहेको छ । तर, उमेर नपुग्दै विवाह गर्नेहरूलाई कानुनी कारबाही भएका घटना बिरलै भेटिन्छन् । कति स्वेच्छाले बिहे गर्छन् भने कति सामाजिक परिवेशका कारण बाध्य भएर । प्रजनन् स्वास्थ्यबारे घर तथा विद्यालयमा आवश्यक सचेतना र शिक्षा पर्याप्त दिइँदैन ।


अनि, कलिलो उमेरमा नै किशोरीहरू सन्तान जन्माउँछन् । सरकारी सर्वेक्षण अनुसार नेपालमा बर्षेनि प्रतिहजारमा करिब ८१ किशोरी आमा बन्ने गर्छन् । त्यसमध्ये १२ प्रतिशत विवाहपूर्व आमा बन्नेमा पर्छन् । गर्भपतन गराउनेको संख्या भने न्यून छ । त्यसमा पनि अधिकांश सहरका किशोरी पर्छन् । सहरभन्दा गाउँमा यो संख्या दोब्बर छ । यस्तो अनुपात हरेक वर्ष घट्ने गरेको छ ।
विकसित मुलुकमा किशोरावस्थामा आमा हुन लागेका तथा भइसकेका महिलाका लागि छुट्टै परामर्श केन्द्र हुन्छन् । यस्ता केन्द्रले सानै उमेरमा गर्भधारण गर्ने कार्यलाई प्रोत्साहन भने गर्दैनन् । किशोरी आमालाई बच्चाको पालनपोषण गर्ने कार्य्विधिका साथै व्यक्तिगत विकास कसरी गर्ने भन्ने कुरा सिकाउँछन् । तर, हामीकहाँ किशोरी आमा हिजोजस्तै आज पनि परित्यक्त छन् ।


जिल्लाका १२ वटै स्थानिय तहले पनि अब बालबिवाह न्यूनिकरणमा बार्षिक बजेट खर्च गर्नु जरुरी छ । सरकारी तथा गैर सरकारी संधसस्थाले र बाल क्लवले पनि आफ्नो कामलाई अझ सशक्त रुपमा लैजान जरुरी छ । त्यसका साथै बिद्यालयले बाल बिवाह न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम लागु गरी बिद्यालयको पाठ्यक्रममा समावेश गर्न सकेमा अझ प्रभावकारी हुने छ । बाल बिवाह गरेर जाने किशोरीहरूको बिवाहदर्ताको प्रकृयालाई स्थानिय तहले कडाई गर्न पनि ढिला भईसकेको छ ।