छोराको आशमा दर्जन बढी छोरी ।


माघ २८ डडेल्धुरा
डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाहरुमा अझै पनि छोराको आशमा दर्जनौ छोरी जन्मिने गरेका छन । एक मात्रै भए पनि छोरा पाउनु पर्ने आशमा अहिले पनि समाजमा दर्जन बढी छोरी जन्मिने गरेका छन । छोराको आशमा छोरी जन्मदै जाँदा लैङ्गिक हिंसा समेत बढ्दैको गएको छ ।
नेपाली संस्कार र संस्कृतिको आडमा आधा दर्जन बढी सन्तान जन्माउने आमाहरू प्रशस्त मात्रामा भेटिने गरेका छन वंश जोगाउने र छोराको आशमा धेरै सन्तान जन्माउने आमाहरू गाउँघरमा भेटिने गरेका हुन । धर्म, संस्कृति र संस्कार जोगाउने आडमा सन्तान बढी जन्माउने गरेको पाइन्छ । हिन्दु संस्कारमा छोरा नभए पुण्य नहुने तथा स्वर्ग नगइने डरले पनि छोराको आशमा आफूले ९ वटा सन्तान जन्माएको अमरगढि नगरपालिका की ४० वर्षीया धौलि देबि दमाईले बताउनु भयो । सन्तान धेरै जन्मिए पनि आफू आजसम्म स्वस्थ रहेको उनको भनाइ छ । छोरा लाई सर्वपरि ठान्ने प्रबृतीले छोरीको संख्या बढ्दै जाँदा लैङ्गिक हिंसा बढ्दै गएको छ । धेरै बच्चा जन्माउदा आमा बच्चाको स्वास्थ्य स्थिती बिग्रदै जानुका साथै उचित शिक्षा दिक्षा नपाउदा महिला तथा छोरीहरु माथि सामाजिक विभेद रोकिन नसकेको जानकार बताउछन ।
छोराकै आशले बढ्दो प्रबिधि संगै लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने प्रचलन पनि निकै मौलाएको छ । कानुनमा छोरा छोरी समान भनिए पनि व्यवहार तह लागु हुन नसक्दा लैङ्गिक हिंसामा कमी आउन नसकेको जनप्रतिनिधीको भनाई छ ।
शास्त्रमा महिला लाई हिंसा नगरीएको तथा छोराछोरी समान ठानिय पनि मध्यम भागमा धार्मिक संहिष्णुताले पुरुष लाई स्थान दिदा अहिले पनि समाजमा छोराको महत्व रहेको ज्योतिष जयप्रशाद जोशीले बताए ।