आचारसंहिता कार्यान्वयन गर्न ज्ञापन पत्र

Nov 3, 2018

दैलेख, कार्तिक १७

सामुदायिक विधालयको शिक्षक, अभिभावक र विधार्थी आचारसंहिता कार्यान्वयन हुनुपर्ने माग राख्दै आज गुरांँस गाउपालिकामा ज्ञापनपत्र वुझाईएको छ ।

नेपाल सरकारको शिक्षा नीतिमा व्यवस्था भएअनुसार गुराँस गाउपालिकाका सामुदायिक विधालयका शिक्षक, अभिभावक र विधार्थी आचारसंहिता लागु भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै ज्ञापन पत्र वुझाईएको हो ।

गुराँस गाउपालिकामा रहेको स्थानीय सभाका संयोजक विनोदकुमार गुरुङ्गद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा सो गाउपालिकामा रहेका सामुदायिक विधालयहरुको गुणस्तरिय शैक्षिक विकासका लागि गाउपालिकाले विभिन्न गतिविधीहरु संचालन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसरता देखाएको अवस्थामा अन्य स्थानिय तहको तुलनामा यस गाउपालिकाभित्र रहेका सामुदायिक विधालयहरुको अवस्था सुधारोन्मुख हुदै गएको कुरा उल्लेख गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने कार्यप्रति सम्वेदनशिल भई सामुदायिक विधालयको थप शैक्षिक विकासमा ध्यान पुर्याईदिन अनुरोध गरीएको छ भने आगामी गाउँ सभावाट सो आचारसंहितालाई नीतिगत रुपमा व्यवस्था गर्न गुराँस गाउपालिकाको ध्यानाकर्षण समेत गरिएको छ ।

स्थानीय सभाका अध्यक्ष गुरुङ्गद्धारा वुझाईएको सो ज्ञापन पत्र वुझ्दै गाउपालिकाका अध्यक्ष खेमराज ओलीले सामुदायिक विधालयको शैक्षिक सुधारमा आचारसंहिता पनि महत्वपुर्ण रहेको र अहिलेको परिवेशमा गुणस्तर शिक्षा प्रदानगर्ने वातावरण निर्माण गर्ने स्थानिय सरकारको मुख्य जिम्मेवारी वताउदै ज्ञापन पत्रमा राखिएका कुराहरुको गाउपालिका शिक्षा समितीमा छलफल गरी अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आफ्ना वालवालिकालाई गुणस्तर शिक्षा प्रदान गर्न अभिभावकहरुले शशुल्क विभिन्न निजी विधालयमा पढाउन भौतारिरहेको अवस्थामा सुन्दर नेपाल संस्था, पारस्परीक जवाफदेहिता परियोजनाअन्र्तगत गठन भएको सो स्थानिय सभाले निशुल्क शिक्षा, अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सामुदायिक विधालयमा शैक्षिक सुधारका लागि सो गाउपालिकामा वकालत र पैरवी गर्दै आएको छ ।