चौरजहारीमा पुग्यो पिसिआर मेसिन, जडान कार्य सुरु

Jun 29, 2020

असार १५, रुकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले कोरोना परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको छ । नगरपालिकाले मेसिन खरिद गरेसँगै जडानको काम सुरुभएको हो ।
कोरेना भाइरस परिक्षण गर्न नगरपालिकाले मेडिसोलुसन प्रालि काठमाडौंसँग १ हजार परीक्षण किट सहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता यसअघि नै गरिसकेको थियो ।
दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने उद्धेष्यले मेसिन खरिद गरिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार अब रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका नागरीकहरुको कोरोना भए नभएको परीक्षण गर्न सहज हुनेछ ।
मेसिन चौरजहारी पुगेको र जडानको काम सुरुभएकाले ३÷४ दिनमा जडानको काम सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सीले जनाएका छन् । पिसिआर मेसिन सञ्चालको लागि आवश्यक जनशक्तिको लागि विज्ञापन गरिएको र जडान समपन्न भएपछि सञ्चालमा ल्याउने बताएका छन् ।