घोडाघोडी महोत्सवको आयव्यय सार्वजनिक

Aug 19, 2019

वीरेन्द्र शाह

भाद्र २, सुखड

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा गत माघ १४ गते देखी २३ गते सम्म सन्चालन भएको घोडाघोडी महोत्सव २०७५ को आयव्यय सार्वजनिक गरीएको छ । महोत्सव संचालन भएको ८ महिना पछि महोत्सव मुल आयोजक समितिले सोमबार आम भेलाको आयोजना गर्दै महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको हो ।

महोत्सवमा ९ लाख ६६ हजार २० रुपैयाँ आम्दानी भएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ भने महोत्सव सञ्चालनार्थ रु ३१ लाख ३४ हजार १ सय १ रुपैया खर्च भएको छ । साथै ५६ हजार रमक उठ्न बाँकी रहेको बताईएको छ । महोत्सवको आयव्यय प्रतिवेदन महोत्सव आयोजक समितिका आर्थिक संयोजक नन्दराम सापकोटाले प्रस्तुत गर्र्नु भएको थियो ।

आयोजक समितिले महोत्सव सफल पार्न सहयोग गर्ने सरोकारवाला सबैप्रति कृतज्ञता ज्ञापन पनि गरेको छ । “कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका साथ घोडाघोडी उद्योग बाणिज्य संघले महोत्सव संचालन गरेको थियो ।

यस क्षेत्रको धार्मिक महत्व तथा पर्यटनको बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म प्रचारप्रसार हुनुमा महोत्सवले थप महत्वपूर्ण भूमिका खेलेको महोत्सव मूल आयोजक समिति संयोजक जियालाल आचार्यले बताउनुभयो । अब घोडाघोडी उद्योग बाणिज्य संघले आफ्नो छुट्टै भवन निमार्णका लागी सबै संग छलफल गरी अगाढी बढ्ने बताउनु भयो ।