कालिका गाउँपालिकामा सामुदायिक अङ्कपत्रबारे छलफल

May 11, 2019

संगिता लामा

बैशाख २७, रसुवा

रसुवाको कालिका गाउँपालिकामा सामुदायिक अङ्क पत्र सँग सम्बन्धित छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कालिकागाउँपालिका वडा नं २ मा रहेकाे कालिका सामुदायिक स्वास्थ्य ईकाईबाट नागरिकले के कस्तो स्वास्थ्य सेवा सुबिधा लिईरहनु भाको छ । स्वास्थ्य सेवा लिदा कुनै समस्या आएको छ कि छैन, स्वास्थ्य ईकाई ले दिनुपर्ने सेवा दिएको छ कि छैन भन्ने विषयमा छलफल भएको थियाे

कालिका सामुदायिक स्वास्थ्य ईकाईमा भएको राम्रो र सुधार गर्नुपर्न पक्ष ,कर्मचारिको ब्यवहार, सरसफाई, नागरिक वडापत्र, भौतिक पुर्वाधार, ओ पि डि सेवा, आकस्मिक सेवा, परिवार नियोजन, प्रशासनिक अवस्था, परार्मश सहितका विषयहरूमा छलफल तथा मुल्यांकन समेत भएको छ ।

छलफलमा कतिपय सेवा पाएको र कतिपय सेवा नपाएको नागरिक को गुनासो रहेको छ । । नपाएको स्वास्थ्य सेवामा अब पाउनु पर्ने नागरिकको गुनासो सम्बन्धित निकायमा पुग्ने प्रतिबद्धता समेत गर्नु भएको छ । आफनै पालिकाको कालिका सामुदायिक स्वास्थ्य ईकाईमा भएको गतिविधि बारे छलफलमा ल्याउदाँ उपस्थित सेवाग्राहि हरु खुसि हुदै आगामि दिनहरुमा पनि यस्तो कार्यक्रहरु आउनुपर्ने बताउनुहुन्छ । कार्यक्रममा सेवा लिएका २५ जना सेवाग्राहिको उपस्थित रहेको थियो ।

नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सम्पन्न भएको कार्यक्रम कालिका गाउँपालिका वडा नं २ कालिकास्थानमा सामुदायिक विकास केन्द्र नेपालको जिल्ला अधिकृत राजु आचार्य ले सहजिकरण गर्जु भएको हो ।