औषधीको अभाव हुन दिदैनौ उप प्रमुख : बुडथापा

Sep 23, 2019

असोज ६,अछाम
         साँफेबगर नगरपालिका अन्तरगत स्वास्थ्य शाखाको आर्थिक बर्ष २०७५/७६ को बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सुरत बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख विर्मला बुडथापा रहनु भएको थियो । नगर उपप्रमुख बुडथापाले नगरका स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिने बताउनु भयो । उहाँले स्वास्थ्य चौकीको माग तथा आवश्वयकता अनुसार स्वास्थ्य संस्थामा औषधी तथा उप करण दिईरहेको बताउनु भयो । उपप्रमुख बुडथापाले स्वास्थ्य कर्मिको समाज परिवर्तनमा मुख्य भूमिका रहेको धारणा ब्यक्त गर्नु भयो । उहाँले नगरपालिकाका विभिन्न वडामा पोषण मैत्री वडा, छाउपडि गोठमुक्त वडा, सरसफाई अभियान लगायतका अभियानमा स्वास्थ्य कर्मिको योगदान रहेको बताउनु भयो । नगर उप प्रमुख बुडथापाले नगरपालिकाले विशेष गरी स्वास्थ्यलाई मध्ये नजर गरेर गर्भवतीसँग महिला उप प्रमुख, छाउपपडी न्यूनिकरणका लागि बस्ती उज्यालो कार्यक्रमलाई केन्द्रित गरेर कार्यक्रम गरिने बताउनु भयो ।

            नगर प्रबक्ता वालगिरी कुँवरले स्वास्थ्य संस्थाले समाज रुपान्तरणमा मुख्य भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले नगरलाई नमूना नगरपालिका बनाउन स्वास्थ्य कर्मिले गत आर्थिक बर्षका वाँकी योजनालाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । गोष्ठिमा आर्थिक बर्ष २०७५/७६ को नगर स्वास्थ्य तथा स्वास्थ्य चोकीले भए गरेका क्रियाकलाप प्रस्तुत गरिएको थियो । गोष्ठिमा चालु आर्थिक बर्ष २०७६/०७७ का लागि योजना छनौट गरिएको थियो । समापन कार्यक्रममा बैजनाथ स्वास्थ्य चौकी ईञ्चार्ज लक्ष्मणनाथ योगी, हेल्थ असिस्टेन्स सिर्जना कडेलले लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पातलकोट स्वास्थ्य चौकी ईञ्चार्ज टेक बहादुर खडकाले गर्नु भएको थियो ।