स्वास्थ्य चौकीको समस्या: औषधी अपुग, सेवाग्राहीलाई सास्ती

Aug 11, 2019

नविन चौधरी 

श्रावण २६, दाङ

राष्ट्रिय स्वास्थ्य निति २०७१ को नीति ४ संग सम्बन्धित वुदा ४.३ मा व्यवस्था भए बमोजिम स्वास्थ्य चौकीहरुले ३५ प्रकारका निशुल्क औषधी उपलब्ध गराउनुपर्ने व्यवस्था छ, तर सम्बन्धीत निकायबाट समयमै औषधी आपुर्ती हुन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

अहिले जिल्लाका सबै स्वास्थ्य संस्थाहरु स्थानिय तहको मातहतमा आईसकेका छन् । नागरिकले अपेक्षा गरे अनुरुप स्वास्थ्य संस्थाबाट सर्वसुलभ, छिटो छरीटो रुपमा सेवा पाउन नसक्दा दिनहुँ झन्झट व्यहोर्नुपर्ने बाध्यता छ भने औषधी अपुगका कारण सेवाग्राहीहरु प्राइभेट क्लिनिकमा गएर उपचार गराउनुपर्ने अवस्था छ । घोराही उपमहानगरपालिका वडा नं १० निवासी बेलमती चौधरीले भन्नुभयो “मलाई सिटामोल र नवजिवन आवश्यक परेकोले स्वास्थ्य चौकीमा आँए तर पाइन” । त्यस्तै सोही वडाकै मनविर चौधरीले स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गराएपनि औषधी प्राइभेट क्लिनीकबाट किन्नु परेको बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा ३५ (१) मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने कुरा उल्लेख गरेको छ । तर स्वास्थ्य चौकीहरुमा समयमै औषधी आपुर्ती नहुँदा नागरिकहरु सेवाबाट वञ्चित भइरहेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० अन्र्तगत नारायणपुर स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख राजेन्द्र हमालले यस स्वास्थ्य चौकीमा सिटामोल, नवजिवन लगायतका औषधीको समेत कमी रहेको बताउनुभयो । दिनमा धेरै बिरामी आउने गर्छन् – औषधी अपुगकै कारणले बिरामीहरु रित्तै हात फर्किने गरेका छन् उहाँले भन्नुभयो । “हामीले ३५ प्रकारका औषधी उपलब्धताको लागि सम्बन्धीत निकायमा धेरै पहल ग¥यौ, तर बढिमा २०–२२ थरीका औषधी बाहेक यस स्वास्थ्य चौकीबाट वितरण गर्न सकेका छैनौ” उहाँले भन्नुभयो । त्यस्तै उहाँले स्वास्थ्य चौकीको व्यवस्थित भवन नहुदाँ एउटै कक्षमा राखेर सबै प्रकारका विरामीहरुलाई उपचार गरिरहनु परेको गुणासो व्यक्त गर्नुभयो ।

घोराही उपमहानगरपालिका वडा नं ४ का दिलबहादुर घर्तिले सामान्य सिटामोल समेत नपाइने स्वास्थ्य चौकीबाट उपचार गर्ने आशा समेत मरेको बताउनुभयो । उहाँले नजिकै सिमेन्ट कम्पनीको प्रदुषणले दिनानुदिन रोगबाट ग्रसित हुँदै गइरहेकोले स्वास्थ्य चौकी थप व्यवस्थीत हुनुपर्नेमा अवस्था झन् खस्कीदै गइरहेको बताउनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ७ का लोक बहादुर कुवँरले स्वास्थ्य चौकीमा स्पष्ट रुपमा कति थरीका औषधी पाइन्छ भन्ने कुराको वडापत्र नै नदेखेको गुणासो गर्नुभयो ।

अहिले संघले पनि स्वास्थ्य चौकीमा ३५ थरीका ४४ औषधीका लागी बजेट विनियोजन गरेको छ । निशुल्क पाइने औषधीको नामावली यस प्रकार रहेका छन् ः मेजोप्रोस्टल २०० एमजी, आइरन चक्की, इन्जेक्सन अक्सिटोसिन, जेन्टामाइसिन, क्लोट्रिमाजोल पेसरी १०० एमई, एलबेण्डाजोल ४०० एमजी, मेटफौमिन ५०० एमजी, एटिनोलोल टेयाक्लेट, एमलोडिपिन ५ एमई ट्याब, एट्रोभाम्टामिन, लिभोथायोक्सिन ५० एमसिजी, इण्डोमेथासिन ५० एमजी, पारासिटामोल सम्पेन्सन, एजिथ्रोमाइसिन २५० एमजी, एजिथ्रोमाइसिन ५०० एमजी, हायोसिन बटिब्रोमाइड, हायोसिन २० एमजी, सिट्रिजिन १० एमजी, भिटामिन बी कम्प्लेक्स, एमोक्सिसिलिन सम्पेन्सन, सिल्भर सल्फाडायजिन किम, साल्बुटामोल ४ एमजी ट्याबलेट, सिप्रोफ्लोक्सासिन २५० एमजी, सिप्रोफ्लोक्सासिन ५०० एमजी, मेट्रनिडाजोल, जिक सन्फेट, एमिट्रिपाइटासिन १० एमजी र २५ एमजि, आईबु्रफिन, फ्लुकोनाजोल, क्लोक्सासिलिन ५०० एमई क्याप, इनजेक्सन सेफिट्रयाक्सोन, ओआरएस, इनजेक्सन रिङ्गर ल्याक्टेट, इनजेक्सन डेक्ट्रोस नर्मल स्लाइन, क्लोट्रिमाजोल, स्किन किम, फेनोबाक्टिोन ३० एमजी, एमोक्सिसिलिन १२५ एमएस, एमोक्सिसिलिन २५० एमई, एमोक्सिसिलिन ५०० एमएस, इनजेक्सन एम्पिसिलिन, इनजेक्सन हाइड्रोकोट्रिसन, सल्फामेथोक्साजोल टिमेथोरिस ४८० र सल्फामेथोक्साजोल टिमेथोरिस ९६०, रहेका छन् ।

स्थानिय तहबाट यी सम्पुर्ण औषधिहरु समयमै स्वास्थ्य चौकी सम्म नपुग्दा उपचारमा समेत समस्या पर्दै गइरहेको स्वास्थ्य प्रमुखहरु बताउँछन् । नागरिक समाजको तर्फबाट पटक–पटक यस औषधीको विषयमा ध्यानाकर्षण गराउँदा पनि यो समस्या यथावत रहेको छ । यसरी औषधीको अभाव हुदै गइरहेकोले प्रत्येक नागरिकले सिहंदरबारको अनुभुती गर्न नपाएको मानवअधिकारकर्मी विनोद केसीले बताउनुभयो ।

स्थानिय तहहरुले भने हाल टेन्डर आह्वान गरेर औषधी खरिद गर्ने गरेका छन् । यो प्रक्रिया लामोे भएका कारण समयमै स्वास्थ्य चौकीहरुमा पु¥याउन नसकिएको घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक खोपिराम चौधरीले बताउनुभयो । उहाँले औषधीको माग बमोजिम खरिद प्रक्रिया अगाडी बढाउने गरेको बताउनुभयो ।