रेडियाे श्राेता समूहकाे पहलमा अग्नि पिडितलाई सहयोग

May 13, 2019

सरिता चाैधरी

बैशाख २९, दाङ

घोराही उपमाहानगरपालिका वडा नं १ माले र सिरुखर्क गाँउका अग्नि पिडितलाई सहयोग प्रदान गएिको छ । अग्नि पिडित नौँ घर परिवारलाई लाई दश हजार बराबरको भाडाँकुडा र लत्ताकपडा सहयोग प्रदान गरिएको छ ।

माले गाँउका चार र सिरखर्कका पाँच घर परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो । सहयोग सामाग्रीमा प्रति घर परिवार पानी खाने गाग्री १ थान, जग १ थान, कराई १ थान, दाडु १ थान र कपडा सेत १ रू १ थान रहेको छ ।

ग्रामिण महिला उत्थान केन्द्रद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित जनचेतना रेडियो स्रोता समुहका सदस्यहरुको सहमतिमा रेडियो स्रोता समुहको मासिक खाजा खर्च कटाई पिडीत लाई सहयोग प्रदान गरिएको थियो ।

बैशाख २४ गते जंगलबाट आएको आगोले उक्त गाँउमा आगलागि भएको थियो । आगलागि बात २० घर गोठ पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागिले गाँउमा कुनै मानबिय क्षेति नभएपनि लाखौँको क्षति भएको छ ।
यस अघि नै वडा कार्यलय र रेडक्रसले त्रिपाल तथा खाद्यान्न लगाएतको सहयोग गरेका थिए । अग्नि पडितहरु अहिले टहरामा बसिरहेका छन् । ओढ्ने बिच्छाउने, कपडा र खानेपानीको अभाब रहेको उनिहरु थप सहयोगको आशामा छन् ।