क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सुरु

Feb 13, 2020

रजनी योगी, फाल्गुन १ बाँके ।  रेडियो श्रोता समूहका सहजकर्ताहरूको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम आज बिहीबारदेखि बाँकेको नेपालगन्जमा सुरु भएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत अमेरिकी सहयोग नियोग यूएसएआईडि र एफ.एच.आई ३६० सहयोगमा इक्वेल एक्सेस इन्टरनेशनलको आयोजनामा तालिम सुरु भएको हो ।

तालिममा मध्य तथा सुदूरपश्चिमका १४ जिल्ला २२ जना महिला र ९ जना पुरुष गरी ३१ जना रेडियो श्रोता समूहका सहजकर्ता तथा सदस्यहरूको सहभागिता रहेको छ । तालिममा रेडियो श्रोता समूहलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयलाई बढी प्राथमिकता दिइएको छ ।

यसका साथै रेडियो श्रोता समूहका सहजकर्ताको भूमिका कस्तो रहेको छ र अझै थप कस्तो हुनुपर्ने भन्ने विषयमा पनि जानकारी गराइएको छ। यसैबिच रेडियो श्रोता समूहले विगत ६ महिना देखिकाम गरिरहँदा भएको उपलब्धि, समस्या र समाधान गर्नुपर्दा आएको चुनौतीहरूको पालैपालो प्रस्तुत रहेको थियो ।

जस अन्तर्गत समुदायमा राम्रो काम गर्न खोज्दा आफ्नो स्वार्थको लागि काम गर्न लागेको आरोप समेत लगाइएको थियो त्यस्तो आरोप लगाउँदा पनि आफूहरू पछि नहटेर काम गरेको सबै समूहले प्रस्तुति दिएका थिए।

काम गर्ने क्रममा कतिपय स्थानीय तहहरूले आर्थिक सहयोग गरेका थिए भने कतिपय रेडियो श्रोता समूहले आफ्नो लागि खाजाको लागि छुट्ट्याएको रकमबाट खाजा नखाएर काम गरेको बताइएको थियो । रेडियो श्रोता समूहले रेडियो कार्यक्रम साझा बोली सुनेर कार्यक्रममा उठाएको विषयमा छलफल गर्दै आइरहेका छन् छन् ।

तालिमको सहजीकरण इक्वेल एक्सेसका मिडिया म्यानेजर रजनी हुमागाईँ, सिनियर मिडिया अफिसर कमला पोख्रेल, सिनियर आउटरिच अफिसर आशिष बर्मा र आउटरिच एसोसिएट भीम बहादुर सार्की रहनु भएको छ ।