१०८ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो, 'म बोल्छु' भन्दै सहभागीले महिला हिंसाविरुद्ध बोल्ने प्रतिवद्धता ब्यक्त गरे

Mar 9, 2018

मार्च-८ अर्थात फागुन २४ गतेका दिन विश्वभर विभिन्न कार्यक्रम गरी १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईयो । सोही क्रममा नेपालमा पनि राष्ट्रपतिदेखि सर्वसाधारण आम नागरिकले समेत महिला दिवसको अवसरमा विभिन्न कार्यक्रममा सहभागी भएर यो दिवसलाई उत्सवका रुपमा मनाएका छन् ।

सामाजिक संजाल फेसबुक सहित विभिन्न जिल्लाहरुमा ‘म बोल्छु’ नाममा सुरु भएको महिला माथि हुने कुनैपनि खालका विभेद, हिंसा, दुर्व्यवहार र विभेदकारी सामाजिक कार्यविरुद्धको नागरिक आवाज सहितको अभियानले पनि १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका ३४ भन्दा बढी जिल्लाहरुमा विभिन्न कार्यक्रमहरुमा सहभागी भएर ऐक्यवद्धता जनाउँदै यो दिवस मनाएको छ । स्वतर्स्फुर्त रुपमा सुरु भएको यो अभियानका क्रममा कति जिल्लामा ‘महिला माथि हुने कुनैपनि खालका विभेद, हिंसा, दुर्व्यवहार र विभेदकारी सामाजिक कार्यविरुद्ध म बोल्छु’ भन्दै सहभागीले सार्वजनिक रुपमै प्रतिवद्धता जनाए भने कैयौँ जिल्लामा लिखित रुपमै हस्ताक्षर समेत गरे । साथै केहीले पैसा नलाग्ने फोन नम्बर १६६००१००४५९ मा फोन गरेर आफ्नै आवाजमा ‘म बोल्छु’ भनेर प्रतिवद्धता समेत जनाए ।

महिला दिवसकै अवसरमा म बोल्छु अभियानप्रति ऐक्यवद्धता जनाउँदै काठमाण्डौमा आयोजित प्रभातफेरीमा समेत आम नागरिकको उल्लेख्य सहभागिता देखियो । प्रस्तुत छ राजधानी काठमाण्डौ सहित देशका विभिन्न जिल्लामा भएका कार्यक्रमहरुको केही झलकहरु ।

फोटोहरु:

 

 

 

प्युठानमा आयोजित र्‍यालीमा म बोल्छु अभियानको ऐक्यवद्धता-फोटो:शिवा रेग्मी 

ओखलढुंगामा आयोजित कार्यक्रममा म बोल्छु अभियानको ऐक्यवद्धता । फोटो : विएन श्रेष्ठ

दाङमा म बोल्छु अभियानका क्रममा संकलित हस्ताक्षरहरु र यो अभियानमा ऐक्यवद्धता जनाउँदै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी । फोटो : सरिता कुमारी चौधरी

नुवाकोटमा म बोल्छु अभियानका क्रममा हस्ताक्षर गर्दै सहभागीहरु । फोटो : जमुना गजुरेल ।