कोभिड–१९ अघि र पछि पनि काल बन्दै नसर्ने रोग

Sep 13, 2020


 भदौं २८ ,चालु आर्थिक बर्षको साउन महिना समेत बर्दिया अस्पताल गुलरिया बाट आ.ब. २०७६-०७७ मा ५३ हजार ३ सय ७१ जनाले सेवा लिए । जसमध्ये ५० प्रतिशत बिरामीमा उच्च रक्तचाप, मधुमेह, दम, मानसिक समस्या, लगायतका नसर्ने रोग पाईएको छ ।

कोभिड–१९ को बढ्दो जोखिमका बिच गरिएको बन्दाबन्दी (लकडाउन) का बेला छेरुलाल थारुलाई रोगले च्याप्न थाल्योे । बर्दियाको मधुवन नगरपालिका ३ का ६१ बर्षिय थारु विगत एक बर्ष देखी बिरामीभई उपचार गराउँदै आउनुभएको थियो । क्यान्सर पिडित छेरुलालको बाँके र बर्दियाका अस्पताल चार्हादा–चार्हादै ज्यान गयो ।

छेरुलालकी छोरी बिन्दु भन्नुहुन्छ, ‘लकडाउनका बेला अस्पताल जाँदा मात्र १९ हजार रुपैंया त एम्बुलेन्स भाडा ति¥यौं । यता उती गरेर लगभग ३ लाख रुपैंया खर्च भयो, भरतपुर क्यान्सर अस्पतालले नसकेर फिर्ता गरिदियो । त्यहाँबाट घर फर्किँदा मात्रै १७ हजार रुपैंया एम्बुलेन्स भाडा तिरेर आयौँ ।’

अस्पताल चार्हादा–चार्हादै आफ्नो बुवाको ज्यान गएको बिन्दुको भनाई छ ।

२५ बर्षकै उमेरमा नेपालगंजकी अस्मिता पुनले २०७६ पौष १५ गते अकालमै ज्यान गुमाउनु पर्यो । २०७१ सालदेखी बिरामीभई उपचार गराउर्दै आउनुभएका अस्मिताको दुई वटै मृगौला खराब भएका थिए ।

अस्मिताकी आमा गोमा भन्नुहुन्छ, ‘भेरी अस्पतालमा पालो पाईएन, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आपत परेका बेला डबल चार्ज दिन्छु भन्दा पनि उपचार गरेन, छिःछिः दुर–दुर गरे ।’

छोरी बचाउन थुप्रै कोशिस गर्नुभएका गोमाले डयालसिस नपाएर छोरीको मृत्यु भएको र अहिले उपचारका क्रममा लागेको ऋण तिर्न हम्मे–हम्मे परेको दुखेसो पोख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाका सचिव हरी ज्ञवालीको उपचारकै क्रममा ०३ फागुन २०७६ का दिन मृत्यु भयो । ५८ बर्षिय ज्ञवाली काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै हुनुहुन्थ्यो । शरीरका दुई वटै मृगौलाले काम गर्न छोडेपछि डेढ बर्षदेखी उहाँले डायलसिस गराउँर्दै आउनुभएको थियो ।

उहाँको मृगौला प्रत्यारोपणको कुरा चल्यो तर सफल हुन सकेन । २०४७ साल देखी राजनितिमा सक्रिय ज्ञवाली सँग पैसा, शक्ति, राज्य सत्ता थियो, तर रोग सँग लड्न सक्ने क्षमता भएन र ज्यानै गयो ।

महिला विकास निरिक्षकबाट बढुवाभई अधिकृत स्तरको राष्ट्र सेवा गर्न नपाउँदै २६ जेठ २०७७ का दिन बाँकेकी विन्दु कुंवरको ज्यान गयो । विन्दुको मुस्कान सहितको असल सेवाभावले गर्दा महिला तथा बालबालिका कार्यालय बाँके पुग्ने जोकोहीबाट राम्रै प्रशंसा पाउनुभएको थियो ।
इमानदार, सक्रिय सच्चा राष्ट्र सेवक निजामति कर्मचारी भएकाले सेवाग्राही सबैको मन पनि जित्नुभएको थियो । तर उहाँले पाठेघर, बोन क्यान्सर जस्ता रोगलाई भने जित्न सक्नुभएन ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ का ३७ बर्षिय पुरुषको १० भदौ २०७७ का दिन मृत्यु भयो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार उहाँलाई ९ भदौ २०७७ का दिन कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

८ भदौ २०७७ का दिन अस्पताल भर्ना हुनुभएका उहाँलाई कोभिड–१९ अघि नै छातिमा समस्या थियो र मृत्युको कारण दुबै फोक्सोको निमोनिया पाईएको छ ।

यि त केही प्रतिनिधि मुलक घटना मात्रै हुन । स्वास्थ्य अनुसन्धान परिषद्ले सन २०१९ मा सार्वजनिक गरेको प्रतिवेदनमा नसर्ने रोगको अवस्था भयावह रहेको उल्लेख छ ।

अध्ययनमा मृत्युको मुख्य कारणमा सर्ने भन्दा नसर्ने रोग बढी छ । रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झन्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले ३ वर्ष लगाएर ७२ जिल्लामा गरेको सर्वेक्षणमा पनि मुटु, श्वासप्रश्वास, मिर्गौला र मधुमेहका बिरामी धेरै पाइएको छ ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुभाष पाण्डे पनि नसर्ने रोगको समस्या बढ्दो क्रममा रहेको बताउनुहुन्छ ।
बर्दिया अस्पतालकै तथ्यांकलाई मात्र बिष्लेषण गर्ने हो भने पनि उच्च रक्तचाप, मानसिक समस्या, दम, मधुमेह, सिकल सेलका बिरामी बढी भेटिएका छन ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ का ६१ बर्षिय छेरुलाल थारुलाई रोगले चापेपछि बाँकेको भेरी अस्पताल सहितका विभिन्न स्वास्थ्य संस्थाहरु चर्हानु प¥यो । रोग पत्ता नलाग्दा समेत थरी–थरीका औषधी र चेकजाँच गर्ने डाक्टर फेरेको फेरै गर्नुप¥यो ।

कोभिड–१९ को माहामारीका बेला सरकारले घरभित्रै बस्नु भन्ने सूचना जारी गरिरहँदा छेरुलाल भने अस्पताल खोज्दै हिँड्नु पर्ने अवस्थामा पुग्नुभयो । घर, परिवार आफन्तलाई मानसिक चिन्ताले पिरोल्यो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ४ साहरे कुमालडाँडाकी चन्द«कली कामी उपचारका लागी अहिले अस्पतालको शैयामा छटपटाई रहनुभएको छ । ७ जनाको परिवार भएपनि उहाँको नाममा ऐलानी जग्गा र समान्य घर बाहेक अन्य केही सम्पति छैन ।

श्रीमान अमृत बहादुर कामी भन्नुहुन्छ, ‘बैंकमा धितो राख्ने सम्पति केही नभएपछि ३ देखी ५ रुपैंया सम्म ब्याजमा करिब ६ लाख जति ऋण लिएर उपचार गर्नुप¥यो । डाक्टरले मृगौला फेर्नुपर्छ भन्छन, अझै कतिलाग्ने हो, सबैसँग हातपाउँ जोडि बिन्ति गरी अहिले सम्म उपचार खर्च धानी रहेको छु ।’

कोभिड–१९ को माहामारी र लकडाउनका कारण नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा घरबाट आउन जान समस्या भएपछि महिनाको २५ सय रुपैंया कोठाभाडा तिरेर कोहलपुरमै बस्नुपरेको पीडा अमृतले सुनाउनुभयो ।

चन्द्रकली बिरामी हुनु अघि अमृतले भारत र खाडीका मुलुकमा गई ज्याला मजदुरी गरी कमाएको पैसाले जसो तसो घर ब्यवहार चल्यो । तर अहिले पैसा जति उपचारमै खर्च भएपछि परिवारलाई साँझ बिहानको हातमुख जोर्न पनि धौ–धौ परेको छ ।

आर्थिक संकटमा परेका रोगी बिरामीहरुका लागी सामाजिक अभियान चलाउदै आउनुभएका पत्रकार खगेन्द्र दाहाल पीडित, तिनका आफन्तको मनोबिज्ञानबारे भन्नुुहुन्छ, ‘मैले ६-७ वटा अभियान चलाए, हामीले अभियान चलाउँदा बिरामीलाई ५० प्रतिशत बाँच्छु भन्ने हौसला जाग्ने रहेछ ।’

अहिले आफै कोभिड–१९ बाट संक्रमित हुनु भएका पत्रकार दाहालले (पत्रकार दाहाल हाल संक्रमणमुक्त भैसक्नुभएको छ) आर्थिक समस्याकै कारण धेरै रोगीको समयमै उपचार नपाई मृत्यु हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले दिने आर्थिक सहयोग लिन सहज छैन, समस्यामा परेका बेला एक मुष्ट रकम दिइदैन, पहिले आफै खर्च गर्ने, बील भरपाई बुझाएपछि मात्र आर्थिक सहयोग गर्ने गरेको देखियो ।’

सरकारी संयन्त्रको यो झनझटिलो प्रक्रियाले बिरामी र तिनका आफन्तलाई थप पीडा दिइरहेको पत्रकार दाहालको भनाई छ ।
यता स्थानीय सरकार भने डाक्टरको सल्लाह अनुसार रोगी, बिरामीको उपचारका लागी सिफारिस मात्र गर्छन ।

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गा बहादुर विश्वकर्मा (अविरल) ले नसर्ने रोगको उपचारमा अशक्त, जेष्ठ नागरिक, विपन्न वर्गलाई स्थानीय सरकारले सिफारिस पत्र उपलब्ध गराउने गरेको जानकारी दिनुभयो ।

उहाँले आपत्तकालिन अवस्थामा मात्र सामान्य राहत, सहयोग उपलब्ध गराउने गरिएको बताउनुभयो ।

तर बारबर्दिया नगरपालिकाले आफनै ठाउँमा सेवा दिने दक्ष जनशक्ति तयार गर्नको लागी भने यसपटक १७ लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।

यो बजेटबाट नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास भएका विपन्नवर्गका १ जना विद्यार्थीलाई एमबीबीएस पढाईने छ ।

उपचारमा सरकारी लगानी

नसर्ने रोग हिजोआज अधिंकाश घर परिवारका सदस्यको ब्यथा बनिसकेकोे छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ ।

जसमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायतका विभिन्न रोगहरु पर्दछन । यस्ता रोगहरु देखिए, रोगी बिरामीहरुले स्थानीय तहको सिफारिसमा सिमित सरकारी खर्चमै उपचारको सुविधा प्राप्त गर्छन ।

सरकारी खर्चमा उपचार सुविधा लिनका लागी स्वास्थ्यकर्मी, चिकित्सक, अस्पतालले रोग प्रमाणित गरेको कागजपत्र, निवेदन, नेपाली नागरिकताको प्रतिलिपी लगायतका कागज पत्र समलग्न गर्नुपर्ने हुन्छ ।

तर यस्तो सुविधा सिमित अस्पतालहरुबाट मात्र लिन सकिने भएकाले विपन्न, गरिब तथा टाढाका रोगी, विरामीले अपेक्षाकृत रुपमा त्यति उपचार सेवाको लाभ लिन सक्तैन्न ।

नागरिक समाज संञ्जाल बर्दियाका संयोजक बालकृष्ण ओलीले नसर्ने रोगको उपचारमा अशक्त, जेष्ठ नागरिक र विपन्न वर्गलाई स्थानीय सरकारले सिफारिस पत्र उपलब्ध गराउने मात्र नभई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको स्वास्थ्य प्रोफाइल छैन, हचुवाको पाराले स्वास्थ्यलाई ऐच्छिक बिषय बनाईएको छ ।’

संयोजक ओलीले नागरिक प्रति स्थानीय तह उत्तरदायी बन्नुपर्ने, घर–घरमा अनुगमन गरी रोगी बिरामी भेटिए झन्झट रहित तरिकाले अस्पताल सम्म पुगी उपचार लिने वातावरण तयार गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

अहिले विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७३, बमोजिम मृगौला प्रत्यारोपणका लागी नेपाल सरकारले ४ लाख रुपैंया, मृगौला रोग क्रसम्याचिङ्गका लागी ५० हजार रुपैंया, मृगौंला प्रत्यारोपणपछि औषधीखर्च बापत १ लाख रुपैंया उपलब्ध गराउने गरेको छ ।

यसैगरी क्यान्सर, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्श, पार्किन्सन्स र सिकलसेल एनिमिया रोगका लागी प्रतिब्यक्ति अधिकतम १ लाख रुपैंया सरकारले उपलब्ध गराउँछ ।

रोगी–बिरामीको आयु

केहीबर्ष अघि सम्म धेरै मानिसहरुको मृत्यु सरुवा रोगकै कारणहुने गरेको थियो । तर पछिल्ला बर्षहरुमा नसर्ने रोग मृगौला बिग्रीएर, सुगर, प्यारालाइसिस, दम, शरीरका विभिन्न अंगको क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या बढेको छ ।

अहिले झनबढी संक्रामक मानिएको कोभिड–१९ ले यिनै रोगी बिरामीलाई च्यापी रहेको छ ।  धेरै जना मानिस मृगौलाबाट पीडित छन । मृगौलाबाट पीडित बिरामीको आयु धेरै लामो नहुने चिकित्सकहरुको भनाई छ ।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत फिजिसियन डाक्टर श्याम विश्वकर्मा भन्नुहुन्छ, ‘ठ्याक्कै यतिबर्ष बाँच्ने भन्न सकिँदैन । बिरामीको उपचार, खानपानमा भर पर्छ ।’ ।

मृगौला प्रत्यारोपण गरेको बिरामी डायलसिस गर्ने मान्छे भन्दा १५–२० बर्ष सम्म बाँच्न सक्ने डाक्टर विश्वकर्माले बताउनुभयो । उहाँले नियमित डायलसिस गर्ने, खानपानमा राम्ररी ध्यान दिने, औषधीहरु नियमित प्रयोग गर्ने बिरामीहरु भने ८–१० बर्ष सम्म बाँच्न सक्ने बताउनुभयो ।

तर कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट सेवा लिएकाहरुको सन्दर्भमा भने ५–७ बर्ष सम्म मात्र बाँचेको अनुभव डाक्टर विश्वकर्माले सुनाउनुभयो ।

एउटा मृगौला राम्रो छ भने अर्को चाहिँदैन । एउटा मृगौलाले मान्छे सहज रुपमा बाँच्न सक्छ । शरीरका दुई वटै मृगौला बिग्रीयो भने विभिन्न प्रकारका समस्याहरु आउँछन ।

सामान्यत : शरीर धेरै सुनिने, वाक–वाकी लाग्ने, उल्टीबान्ता हुने र कहिले कँहीअचेत हुने हुन्छ । यदी कसैको दुई वटै मृगौला बिग्रीएको छ भने उ सगँ उपचार गर्ने दुई वटा बिकल्प हुन्छन ।

एउटा रगत छान्ने (जिन्दगीभरी) डायलसिस गर्नु पर्ने, अर्को जसले सक्छ, आफनो मान्छेबाट मृगौला प्राप्त गर्न (मृगौला) प्रत्यारोण । पाठेघरको क्यान्सरबाट पनि धेरै महिलाले अकालमै ज्यान गुमाएका छन ।

मानव शरीरका अन्य कुनै अंगमा क्यान्सर लागी हाल्यो भने संम्भव भए काटेर फाल्ने नभए पीडा सहेर बस्नु, मर्नु बाहेक अर्को विकल्प छैन ।
नसर्ने रोग लाग्नुको प्रमुख कारण भनेका खराब जीवनशैली नै हुन । जसमध्ये अत्यधिक धूम्रपान–मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम, कसरत नगर्नु, प्रदूषण, गलत खानपान, जथाभावी औषधीको प्रयोग बढि देखिन्छन ।

नसर्ने रोग र कोभिड–१९

विश्वभरी फैलिएको कोभिड–१९ को असर नेपालमा पनि परेको छ । कोरोना संक्रमित हुनेहरुको सूचिमा महिला भन्दा पुरुष धेरै छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु भएका ३३६ जना ब्यक्तिमा कोभिड–१९ को संक्रमण पाईएको छ ।

जसअनुसार बाँकेमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षणअस्पताल कोहलपुरमा मात्र ९ जनाको मृत्यु भएको छ । यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा २ जना र नरैनापुरको क्वारेन्टिनमा १ जनाको मृत्युभएको छ ।

मृत्युभएकामध्ये ८ जनाब्यक्ति बाँकेकै हुनभने अन्य ४ जना बर्दिया, कैलाली, अछाम, अर्घाखाँचीका एक-एकजना छन । १२ जनामध्ये ९ जनाको मृत्युको कारण निमोनिया र फोक्सोको समस्या देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पनि मृत्यु हुने मध्येमा झन्डै दुई तिहाई ब्यक्तिमा पुरानो रोग वा शारिरीक समस्या रहेको उल्लेख छ ।

पुरानो रोग वा समस्या भएकाहरू सबैभन्दा बढीमा श्वासप्रश्वास सम्बन्धी अर्थात् फोक्सो सम्बन्धी रोग देखिन्छ । त्यस्तै मधुमेह, मिर्गौला सम्बन्धी समस्या र मुटुसम्बन्धी समस्या, क्यान्सर, चोटपटक, पारालाइसिस, मस्तिष्क लगायतका समस्या देखिएका छन ।

०२ भदौं २०७७ का दिन बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ का ७८ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भयो ।  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक डाक्टर दिनेश श्रेष्ठले मृत्यु भएका ब्यक्ति मधुमेह र निमोनियाका रोगी भएको जानकारी दिनुभयो ।

उहाँलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । यो मृत्युको घटनाबाट पनि स्पष्ट हुन्छकी माहामारीले नसर्ने रोग लागेका ब्यक्तिलाई बढी असर पु¥याई रहेको छ ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ का २५ वटा नीतिमध्ये १२ नम्बरमा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण लागी ब्यक्ति, परिवार, समाज तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउँर्दै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गर्ने भनिएको छ ।

तर यसको कार्यान्वयन भने प्रभावकारी छैन । नसर्ने रोगबाट के कतिको ज्यान गएको छ ? कुन ठाउँमा कस्तो रोगको समस्या छ ? भन्ने बारेमा यथेष्ट तथ्यांक पनि उपलब्ध छैन ।

स्वास्थ्य कार्यालय बर्दियाका निमित्त प्रमुख (वरिष्ठ जनस्वास्थ्य अधिकृत) गोकर्ण गिरी भन्नुहुन्छ, ‘अहिले स्थानीय तहले हेर्ने गरेका छन, हामी सगँ अस्पतालको ओपिडी सम्म कति विरामी पुगे भन्ने सम्मको तथ्यांक हुन्छ, अरु केही छैन ।’

यता पश्चिम नेपालको मेडिकल हब मानिने बाँके जिल्लाको स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५-०७६ मा अस्पतालको ओपीडी सम्म पुगेका बिरामीको संख्या प्रतिबर्ष ३ लाख भन्दा धेरै देखिन्छ ।