अमरगढी सरकारले सुशासन र पारदर्शिता अपनाउनु नसकेको नगरप्रमुख स्विकारोक्ति ।

ममता भट्ट , भाद्र १४,डडेल्धुरा

सुशासन र पारदर्शिता अपनाउनु पर्ने कुरामा अमरगढी नगरपालिका पनि चुकेको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनु भएको छ । संजविनी नेपालले आईतवार अमरगढी नगरपालिकाका सबै वडाध्यक्ष र नगरप्रमुख सहितको उपस्थितिमा स्थानीय तहहरुले स्थानीय सरकार संचालन ऐन तथा कार्यबिधि अनुसार काम गरेका छन कि छैनन भन्ने विषयमा गरेको अन्र्तक्रिया बैठकमा अधिकांश वडाध्यक्षहरुले आफुहरुले योजनागत रुपमा मात्र सामाजिक परिक्षण गर्ने गरेको र सार्बजनिक सुनुवाईका बारेमा आफूहरुलाई थाहा नभएको बताएका छन ।
डडेल्धुरा जिल्लाका अधिकांश स्थानीय तहहरुमा अभ्यास नै नभएको सार्बजनिक सुनुवाईले जननिर्वाचित संस्थाहरुमा पारदर्शिताको अभाब मात्र देखिएको छैन संबिधानको मर्म बिपरित पनि भएको बैठकका सहभागिले महशुष गरेका छन ।
स्थानीय सरकार संचालन ऐन तथा कार्यबिधि अनुसार नभई औपचारिकताका लागि मात्र योजनाहरुको प्रकृयामा हुने सामाजिक परिक्षण बाहेक पारदर्शिताका लागि अपनाईने सूचना प्रवाहका बिधिहरु कुनै पनि वडाले नअपनाएको उपस्थित वडाध्यक्षहरुले बताएका छन ।
जनप्रतिनिधिहरुको मनपरि भईरहेको भन्ने आम सर्बसाधारणको बुझाई रहेका बेला योजना तथा कार्यक्रमको शुरु देखि अन्तिम सम्मको प्रकृयामा सामाजिक परिक्षण , सार्बजनिक सुनुवाई सेवाग्राही बर्हिगमन अभिमत लगायतका औजारहरु प्रयोग तथा अभ्यासमा कर्मचारीले आन्तरिक रुपमा मात्र गर्ने गरेकाले जनताको विश्वास जनप्रतिनिधि प्रति घटदै गईरहेको पनि स्वीकार गरेका छन ।
पारदर्शिताका लागि बाह्य अनुगमन तथा सरोकारवालाहरुसँग छलफल गरि स्पष्ट पार्न नसक्दा स्थानीय तहहरुले कार्य सम्पादन गर्ने सबै विषयमा अनियमितता भएको आशंका एकातिर छ भने राम्रा काम वा चुनौती तथा समस्या र समाधानका प्रयासहरु आदी विषय जनतालाई सूचनाको हकबाट बञ्चित पनि गरिएकोले जनता माझ स्पष्ट पार्न नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रसाद जोशीले आग्रह गरेका छन ।
बर्तमान अवस्थामा जनप्रतिनिधिहरु आफ्नो स्थानीय तह र निकायबाट भए गरेका कामहरुलाई सार्बजनिकिकरण गर्न चुकेको बताउँदै अविश्वासको बाताबरण स्वयं जनप्रतिनिधिहरुबाटै भएको स्वीकार गदैृ नगर प्रमुख ओझाले बिगतमा बिबिध कारण तथा परिस्थितिले कमजोरीहरु भए पनि गत आर्थिक वर्षको सार्बजनिक सुनुवाई गर्न अमरगढी नगरपालिका आवश्यक तयारी गरिरहेको बताउँदै आगामी दिनहरुमा यस्ता विषयमा पुनराबृति नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।
साथै बेरुजु लगायत कतिपय विषयहरु आन्तरिक तर जनसरोकारसँग सम्बन्धित भएकाले सुशासनका महत्वपूर्ण क्षेत्रमा कार्यान्वयन गर्ने संयन्त्र पनि राजनीतिक प्रभाब र व्यवहारिक बाध्यताले चुकेको बताउँदै बेरुजु प्राबिधिक विषय पनि हो जसमा डडेल्धुराका मिडिया र सञ्चारकर्मी आफै पनि दोषि छन , कर्मचारी र आफूहरुलाई छल्दै गलत काम गरेको पाईएको छ अब भन्नुस कसलाई राम्रो भन्ने कसलाई नराम्रो ,काम नगरि भुक्तानी लिने , अषाढ मसान्तको चटारोलाई सदुपयोग गर्ने र नक्कली जथाभाबी बिल पेश गरेर कागजात नजुटाइृ दिने जस्ता अनेकौं समस्याहरुले गर्दा स्थानीय तहहरुमा अपारदर्शिता देखिएकोले बिगतको बेरुजुलाई असुल उपर गराउन आफु पहल गर्ने पनि मेयर ओझाले बताए ।
स्थानीय तहहरुमा सुशासन , पारदर्शिता र जनप्रतिनिधिहरुलाई जनता प्रति जवाफदेहि बनाउन तथा सेवाग्राहीहरुलाई पनि जनचेतना अभिबृद्धि गर्दै स्थानीय तह र सम्बन्धित वडाहरुलाई आवश्यक पैरवी सहयोग सहकार्यका लागि वडाध्यक्ष र सम्पूर्ण रुपमा नगरपालिकालाई संजीवनी संस्थाको सहयोग आवश्यक रहेको सहभागिले बताएका छन ।