५० प्रतिशत अनुदानमा प्रांगारिक मल वितरण

Feb 11, 2021

काठमाण्डौ माघ २९

बूढानीलकण्ठ नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रांगारिक मल वितरण गरेको छ । कृषि विकास शाखाको आयोजनामा माघ २६ गतेबाट वितरण सुरू भएको छ । आज नगर प्रमुखको हातबाट वितरण सुरु गर्दे केही दिन सम्म वितरण जारी राखिने शाखाले जानकारी गराएको छ। यस मलको रकम प्रति किलो रू. २७ रहेको छ । दर्ता हुनुभएका कृषि फर्म, कृषक समूह र व्यक्तिगत फर्मका उपभोक्ताहरूले जम्मा रू. १३.५० प्रति किलोको दरमा नगरपालिकाबाट खरिद गर्न सकिने कृषि शाखाले जनाएको छ । उक्त मलको सुरूवाती हस्तान्तरण नगरप्रमुख ज्यूबाट सकुन्तला पशुपंछी तथा कृषि उत्पादन केन्द्र प्रा.लि। लाइ गरिएको छ । हाल सम्म २ सहकारी, १ व्यक्तिगत फर्म र १ कृषक समूहलाइ प्रांगारिक मल वितरण गराइसकेको कृषि विकास शाखाले जानकारी गराएको छ ।