काभ्रेका अधिकासं स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने जारी 

Nov 27, 2020

काभ्रेका १३ वटै स्थानीय तहले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई जारी राखेका छन् । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्ष मंसिर १० गतेबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, धुलिखेल, पनौती, नमोबुद्ध र बनेपा नगरपालिकाका साथै ७ वटै गाउँपालिकाहरुले कोरोना महामारीका बीच पनि हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । जिल्लाका स्थानीय तहले अन्र्तक्रिया, हस्ताक्षर संकलन, सडक नाटक, छलफल, महिला समूहको भेला जस्ता कार्यक्रम गरिरहेका छन् ।

समाजमा कुनै किसिमको हिंसा भए सहेर नबस्न र तत्काल उजुरी दिन जिल्ला प्रहरी कार्यालयका काभ्रेका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सिता श्रेष्ठले आग्रह गर्नुभयो । काभ्रे पनि हिंसा धेरै हुने जिल्लाभित्र पर्ने गरेको छ । यस्ता अभियानहरुले हिंसा गर्ने उपर कानुनी उपचार खोज्न समेत पिडितलाई जागरुक बनाउने महिला अधिकार कर्मीहरुको भनाई छ ।