स्वास्थ्य चौकिकोअवस्था सुधारकालागि कार्ययोजना तयार

ममता भट्ट, असोज ६
डडेल्धुरा

अमरगढि नगरपालिका ८ र ९ मा रहेको भुमिराज स्वास्थ्य चौकिको भौतिक पुर्बाधार र शेवा सुबिधा सुधारको लागि कार्ययोजना तयार पारीएको छ । अमरगढि नगरपालिकाका स्वास्थ्य संयोजक, ब्यबस्थापन समिति र वडा कार्यलयको सयुक्त बैठकले कर्मचारीको उपलब्धता, खानेपानिको अभाब, शौचालयको ब्यबस्थापन, गाँउघर क्लिनीकको ब्यबस्थापन र स्वास्थ्य शिक्षाको जनचेतना तगायतका बिभिन्न बिषयमा छलफल गरेर कार्ययोजना तयार पारेको हो । स्वास्थ्य चौकिको सुधारको लागि ब्यबस्थापन समितिले पहल गर्ने र स्वास्थ्य साखा, वडाका जन प्रतिनिधी, र बिभिन्न संघसंस्थाले सक्दो सहयोग गरेर भुमिराज स्वास्थ्य चौकिको सुधार गर्ने निर्णय समन्वयात्मक बैठकले गरेको छ ।
कार्ययोजनालाई वडा कार्यालयको आर्थिक वर्षको योजना तर्जुमा प्रक्रिया मार्फत स्वीकृत गराएर कार्यान्वयन गर्ने वडा न ९ का वडा सचिब भिमबहादुर सकिले बताउनु भयो ।
कार्ययोजनामा स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको विकास, औजार उपकरणको व्यवस्थापन, सचेतना प्रवाह तथा सशक्तिकरण लगायतका क्षेत्रहरुलाई समावेश गरिएको उहाँको भनाई छ । कार्ययोजना कार्यान्वयनका लागि अमरगढि स्वास्थ्य साखा र वडा कार्यलयको सहकार्य रहने छ ।
कार्ययोजना अनुसार कर्मचारी उपलब्ध गराउनु आफूहरुले सक्दो पहल गर्ने अमरगढि स्वास्थ्य साखाका प्रमुख लोकराज पनेरुले बताउनु भयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको सक्रियता भएमा सबै समस्याको समाधान गर्न सकिने र औसधि र स्वास्थ्य संस्थामा चाहिने उपकरण लगायतको समस्याको लागि आफु नगर स्वास्थ्य साखाबाट चाहिने सहयोग गर्नकोेलागि प्रतिबदता जनाउनु भयो ।
संजिबनि नेपाल डडेल्धुराको आयोजना अमरगढि स्वस्थ्य साखा, स्वास्थ्य चौकि ब्यबस्थापन समिती र वडाकार्यलयको समुन्वयमा स्वास्थ्य चौकिकोअवस्था सुधारकालागि कार्ययोजना तयार पारीएको संजिबनि नेपाल डडेल्धुराकि प्रमुख मन्जु भण्डारीले बताउनु भयो ।