विपन्न,अनाथ बालबालिकालाई शैक्षिक सामग्री

जगतदल जनाला बिक

सुर्खेत, भदाै २०

सुर्खेत जिल्लाकाे पञ्चपुरी नगरपालिकामा रहेका ५२ वटा सरकारी विद्यालयका १३६ जना बालबालिकालाइ शैक्षिक सामाग्री, झाेला, ड्रेस, कापी ,कलम, ज्यामिती बक्स लगायतका सामाग्री वितरण गरिएको छ ।

कक्षा १ देखि १० सम्मका अार्थिक रुपले विपन्न ,अामा बुवा नभएका अनाथ बालबालिकालाई लक्षित गरी नगरपालिकाले २ लाख रुपैयाँ बराबरका सामाग्रीहरु वितरण गरिएकाे हाे ।

प्रत्येक विद्यालयका प्रध्यानाध्यापकले गरिब,अार्थिक रुपले विपन्न र अनाथ विद्यार्थीहरुलाइ सिफारिस गरी सामग्री वितरण गरिएको पञ्चपुरी नगरपालिकाका शिक्षा शाखाका स्राेत व्यक्ति दाेर्णराज पाठकले जानकारी दिनुभयाे । शिक्षाकाे उज्यालो किरणबाट काेही पनि बालबालिकालाई बञ्चित नगर्ने पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताउनु भयाे ।

उहाँले काेही बालबालिका पनि अार्थिक अभावका कारण  विद्यालय जान सकेकाे छैन भने अाफुले व्यक्तिगत पैसा खर्च गरी भर्ना गरी अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयाे ।नगरभित्र कतै यस्ता समस्यामा बालबालिका भए तत्काल खबर गर्न अभिभावक र शिक्षकहरुलाइ अाग्रह समेत उहाँले गर्नुभयाे ।

भद्र बहादुर थापाले उद्घाेषण गर्नु भएकाे कार्यक्रममा उपमेयर मुक्ति रेग्मी र नगरपालिकाका लेखा अधिकृत रत्न सुबेदीले अभिभावकले पनि बालबालिकालाई अध्ययन गर्ने वातावरण मिलाउन अाग्रह गर्नुभएकाे थियाे ।