नागरिक समाजसंँग साझेदारी गर्न स्थानीय सरकारलाई सुझाब

Mar 15, 2019

प्यूठान, फागुन २९ 

प्यूठानका नागरिक समाजले स्थानीय सरकारलाइ नागरिक समाजसंँग सहकार्य गरेर अगाडी बढ्न सुझाब दिएका छन् ।

प्यूठानको जुमृमा सम्पन्न स्थानीय सरकारमा नागरिकको साझेदारी, अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रमा बोल्दै मानबअधिकार कर्मी पार्बता आचार्यले स्थानीय सरकारले ऐन नियम बनाउदा नागरिक समाजसंँग राय सुझाब लियर बनाउदा प्रभाबकारी हुने बताउनु भयो । नागरिकलाई सेवा प्रबाहमा सरकारको ध्यान नपुगेको ठाउमा नागरिक समाजले आवाज उठाउनु पर्ने उहाँले बताउनु भयो ।

मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले नागरिक समाजले सरकारलाई बाटो बिराउन थाले समय समयमा सुझाब सहित खबरदारी गर्नुपर्ने बताउनु भयो । सुशासयुक्त प्यूठान बनाउन नागरिक समाजको बिशेष भुमिका रहने प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कु.कक्षपतीले बताउनुभयो । उहाँले नागरिकलाई प्रभाबकारी सेबा प्रबाहको लागि पहल गरिरहेकाे भन्दै कर्मचारी समायोजनका कारण केही समस्या भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमख पदम ब. थापाले नागरिक समाज र सरकार साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष नेत्रमणी आचार्यले सरकारले गरेका सकारात्मक कामलाई अगाडी बढाउन र सुधार गर्नुपर्ने पक्षलाइ सुझाब दिने भन्दै सरकारको कामलाइ प्रभाबकारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । उहाँले भन्नभयो हाम्रो सरकार राम्रो सरकार बनाउन नागरीक समाजले सरकारलाइ सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

मानब अधिकार संरक्षण तथा कानुनी सेबा केन्द्र हरप्लेस प्यूठान, गैर सरकारी संस्था महासंघ प्यूठान र पत्रकार महासंघ प्यूठानको संयुक्त आयोजनामा कार्यक्रम गरीयको थियो ।